देब पचभैया
रोल्पा, ३० चैत – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पा शाखाका अध्यक्ष अमरजित पुनलाई पितृशोक परेको छ ।
अध्यक्ष पुनका ८३ वर्षीय वुवा रमु पुनको गत शुक्रबार आफ्नै घरमा निधन भएको हो । लामो समयदेखि दमको रोगबाट पीडित पुनको निधन पछि पुन परिवार शोकमा डुबेका छन । दिवंगत रमु पुन पञ्चायतकालमा फगाम गाविसको प्रधान पँच समेत थिए । उनको दुई छोरा र ६ छोरी छन ।
यसैबीच शोक वक्तब्य जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज रोल्पाका अध्यक्ष पुन तथा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरुन भनेको छ भने मृत आत्माको चीर शान्तिको कामना समेत गरेको छ ।
सामुदायिक रेडियो जलजलाका कार्यक्रम प्रमुख समेत रहेका पुनप्रति फोनिज मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक खेम बुढामगरले गहिरो दुःख व्यक्त गरेका छन् ।
