फोनिज पर्साले नव बर्षको शुभकामना आदान प्रदान र वृहत भेला गर्यो

Read Time:2 Minute, 46 Second

नीरज पिठाकोटे

  वीरगन्ज, ३० चैत-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले नव बर्ष २०७२ को अवसरमा शुभकामना आदान प्रदान तथा वृहत भेलाको आयोजना गरेको छ ।

वीरगन्ज १४ श्रीपुरमा फोनिज पर्साका अध्यक्ष दिलिप प्रधानको अध्यक्षतामा सोमबार गरिएको कार्यक्रममा फोनिजका सल्लाहाकार एवं प्रेस चौतारी पर्साका संयोजक प्रताप श्रेष्ठले नयाँबर्षको शुभकामना दिनुहुँदै पहिचान र अधिकारको लागि आदिवासी जनजाति पत्रकारहरु पनि अब एक हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । त्यस्तै फोनिज केन्द्रीय समिति र युनेस्को परियोजनाको संयुक्त आयोजनामा भर्खरै वीरगन्जमा सम्पन्न पत्रकारको सुरक्षाका लागि प्रहरिको भूमिका विषयक कार्यशाला गोष्ठीको पनि समिक्षा गरिएको थियो । समिक्षामा फोनिज र युनेस्कोले आयोजना गरेको कार्यशाला गोष्ठीमा पर्साले संयोजन गरेकोमा केन्द्रीय समितिले पनि फोनिज पर्सालाई धन्यवाद ज्ञापन गरेकोले कार्यशाला गोष्ठी अत्यन्त सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष फोनिज पर्साले निश्कर्ष निकालेको छ ।

भेलामा आदिवासी जनजाति पत्रकार महासंघ पर्सालाई सक्रिय बनाउन सबै आदिवासी जनजाति पत्रकारहरुलाई सदस्यता वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै आउँदो बैशाख १९ गते काठमाडौं हुने फोनिजको राष्ट्रिय भेलामा जानको लागि अध्यक्ष दिलिप प्रधानको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । फोनिज पर्साका उपाध्यक्ष जगत राईले स्वागत गर्नुभएको भेलामा नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति सदस्य उत्तम खड्गी, वीरगन्ज टेलीभिजनका निर्देशक दिपेश श्रेष्ठ, हेमन्त तामांग, उदय दास थारु, कुसुमलाल श्रेष्ठ, मूनेश कुमार लायो मगर, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण फोनिज पर्साका सचिव नीरज पिठाकोटेले गरेका थिए ।

 


 

 


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %