देब पचभैया
काठमाडौं, ३० चैत – ‘नयाँ संविधान निर्माण मगरात स्वायत्तता र प्रतिनिधित्वका लागि हाम्रो अडान, विभेद रहित पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि नेपाल मगर महिला संघको सम्मेलन’ भन्ने मूल नारासहित नेपाल मगर महिला संघको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
चैत २८ र २९ दुई दिन चलेको सम्मेलनको उद्घाटन संविधासभाका उपसभामुख ओनसरी घर्तीमगरले गरिन् । सम्मेलनमा देशभरका कृयाशिल मगर महिला संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सम्मेलनमा आफ्नै कला संस्कृति झल्कने भेषभूषामा मगर महिलाहरु सहभागी भएका थिए । बृहत र्यालीपछिको उद्घाटन सत्रमा मगर जातीको संस्कृति झल्कने घा“टू नाच, रैया लगायतको प्रस्तुति देखाइएको थियो ।
सम्मेलनमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी इन्दू घिमिरे, जनजाति युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
