छुट्टा—छुट्टै दुर्घटनामा एकको मुत्यु,११ घाइते

Read Time:2 Minute, 14 Second

देब पचभैया

नवलपरासी ३० चैत्र – नवलपरासीका दुई छुट्ट—छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

१२ घाइते भएका छन् । आइतबार राति एक बजे तिलकपुर गाविस वडा नं ५ मा भएको सवारी दुर्घटनामा बसका चालकको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ४ ख ८४६८ नम्बरको ट्रक र सोही दिशा तर्फ जादै गरेको ना ५ ख २२८८ एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक बाके जिल्लाको कोहलपुर नगरपालिका ५ का ४५ बर्षिया राजेश गुरुङको मृत्यु भएको हो । उनको उपचारको क्रममा लम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

बसमा सवार ८ जना घाइते भएका छन् । घाइते सबैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । बसमा ४५ जना यात्रु सवार थिए ।

त्यस्तै रामनगर गाविस वडा नं २ बडेरामा भएको सवारी दुर्घटनामा चार जना घइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको ग ८ प २१०३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु १२ प ४०८६नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा सवार चार जना घाइते भएका हुन् । घाइते मध्ये  मोटसाइकलमा सवार सुनवल नगरपालिका २ का ३८ बर्षिय मेघ बहादुर कामिको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । अन्यको अवस्था सामान्य रहेको । घइते सबैको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ९९ सय किलोमिटर राजमार्गले छोएको नवलपरासी जिल्लामा दिनहु जसो दुर्घटना हुने गरेको छ ।

सोहि दिन दिउसो दुम्किबासमा भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %