देब पचभैया
नवलपरासी, ३० चैत्र – नवलपरासीको बर्दघाट ४ शान्ति चोकमा गएराति आगलागी भएको छ ।
आगलागीमा परी जितेन्द्र चौधरीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । विद्युत सर्ट भई आगलागी भएको र आगलागीबाट ५० लाख बराबरको धनमाल जलेर क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगो बुटवलबाट आएको दमकलले राति १ बजे नियन्त्रणमा लिएको थियो ।
