जाजरकोटमा फैलिएको रोग नियन्त्रणमै छ
देब पचभैया
पाल्पा, चैत्र २९ – स्वास्थ्य मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको प्रकोप नियन्त्रणमै रहेको बताएका छन । चिकित्सक र औषधी सहित आईतबार प्रभाबित क्षेत्र पुगेर हेलीकोप्टर मार्फत पाल्पा आउनुभएका मन्त्री अधिकारीले संचारमाध्यममा आए जस्तो त्यतिधेरै बिकराल अवस्था नभएको बताए ।
पत्रकार महासंघ पाल्पाले आईतबार तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले
जाजरकोटको समस्या सिजनल भाईरस मात्रै रहेको बताए । स्वाईनफुलुको हल्ला निराधार भएको भन्दै त्याहाको खास समस्याको बारेमा परिक्षण भैरहेको उनले जानकारी दिए ।
दक्ष चिकित्सक सहितको टोली सो स्थानमै रहेको जानकारी दिदै उनले
उपचार भएर घर फर्किएका हजार बढीमा कुनै पनि समस्या नआएको बताए ।
जनचेतनामा कमी, स्वास्थ्यको बारेमा न्युनतम जानकारीको अभाब र स्वच्छ खानेपानीको समस्याले गर्दा ति स्थानहरुमा समस्या भएको उनको भनाई छ ।
स्वास्थ्य बिमाको कार्यलाई मन्त्रालयले गंभिरताका साथ अघि बढाएपनि कानुन मन्त्रालयले बेवास्ता गरेको उनको आरोप छ ।
(आवाज राख्ने )
५/६ महिना भयो, कानुन मन्त्रालय सिंहदरबार भित्र छ , उनले भने हामी सिंहदरबार बाहिरै छौ, पर्खालले छेक्दा अलि समस्या भएको छ ।
सबै नेपालीको स्वास्थ्य पहुचलाई माथि उठाउन तत्काल ७ हजार स्वास्थ्य जनशक्ति थप्ने पहल भैरहेको उनको भनाई छ । एक बर्ष भित्रै देशका ७५ वटै जिल्लामा आमाको पेट बाट बच्चा निकाल्न सकिने प्रबिधिको बिस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
पछिल्लो समयमा स्वास्थ्यका कर्मचारीहरु अख्तियारको तारो बनिरहेकोमा उनले एक दुई जना कर्मचारीले गर्दा स्वास्थ्य क्षेत्रलाई नै बदमान गरेको बताए ।
फरक प्रसंगमा उनले संबिधान निर्माण हुन्छ भने बर्तमान सरकार बिघटन गर्नुपर्नेमा जोड दिएका छन । यदि संबिधान बन्छ भने सबै भन्दा पहिले मैलै रानीनामा दिन्छु, उनले भने यसमा सबैले सहमति जनाउनुपर्छ ।
पछिल्लो समयमा शहरीकरण संगै खानपानमा ध्यान नदिदा मानब स्वास्थ्यमा गंभिरप्रकृतिका रोगहरु देखिएको उनको भनाई छ ।
