शिक्षा विना कुनै पनि जातीको विकास नहुने :विरकट्टा

Read Time:2 Minute, 21 Second

गोविन्द घर्ती                               
रुपन्देही ,चैत्र २८ – शिक्षा विना कुनै पनि जातीको विकास हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।   

उनीहरुले समाज रुपान्तरण गर्न शिक्षा आवश्यक भएकोले शिक्षा क्षेत्रलाई महत्व दिनु पर्नेमा जोड दिएका थिए । नेपाल मगर युवा संघ देवदह नगरसमिति द्धारा आयोजित डुप्के चिन्डिके मासवार कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पहिचान विना कुनै जातीको अस्तित्व कायम हुन नसक्ने हुदा आफनो भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल मगर युवा संघ देवदह नगरसमितिका अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टा, संघका नवलपरासी अध्यक्ष लुमबहादुर खाम्चा, संघका रुपन्देही जिल्ला सदस्यद्धय हुमबहादुर डिसुवा, टेकबहादुर थापा, देवदह नगरसमितिका अध्यक्ष लालबहादुर दर्लामी, सुनवल नगरसमितिका अध्यक्ष भक्तबहादुर थापा, नेपाल मगर महिला संघ रुपन्देहीका उपाध्यक्ष चन्दा थापा, संघका सल्लाहकार यम राना, पदम थापा, कालुराम थापा, दलबहादुर पाईजा, वीरबहादुर थापा, सिवी सुनारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार खेम थापा, हास्यकलाकार शुसील सारु, देवदह आईडल सुनील बारघरे तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो । दिलमाया घर्तीको स्वागत र हिमाल सारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %