राँकेजुलुसमाथि प्रहरी हस्तक्षेप, सयौं घाइते

Read Time:4 Minute, 21 Second

देब पचभैया

भोजपुर, चैत्र २४ – तीस दलीय मोर्चाद्वारा आयोजित तीन दिने आम हडतालको पूर्वसन्ध्यामा भोजपुर सदरमुकाममा निकालिएको राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्ध लाठी चार्ज गर्दा एक सय ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

 

भोजपुर सदरमुकामस्थित डाँडागाउँ लोकतान्त्रिक गेटबाट शुरु भएको राँके जुलुस बैंकरोडस्थित नेकपा एमाले कार्यालय अगाडीदेखि सयौंको संख्यामा रहेका प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

झडपमा सङ्घीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, जिल्ला सदस्य अर्जुन राई, सङ्घीय समाजवादी महिला सङ्घकी प्रतिमा राई, दिलु राई, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष सिद्धिकुमार राई, अशोक राई, श्याम राई, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य राजेश खतिवडा, बाजेन्द्र राई, प्रेम कार्की, दिलकुमारी बानिया“, सफल सेन्च्यौरी, प्रविण खडका र इमेल टेलिभिजनका पत्रकार राजन राई सख्त घाइते भएका छन् । उनीहरुको सदरमुकामस्थित सिद्धकाली अस्पतालमा उपचार भइरहेको छ ।

    

घाइतेमध्ये अशोक राई, श्याम राई, प्रतिमा राई र बाजेन्द्र किरातीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न डा.अनिरुद्र पाठकले बताए । घाइते प्रतिमा राईलाई राँको खोसाउनेक्रममा कम्मरदेखि मुनीको भाग जलेको छ । अर्का घाइते बाजेन्द्र राईको दुवै आँखामा लाठी प्रहार गरेकाले आँखा बन्द भएको, अशोक राईको टाउकोमा गम्भिर चोट लागेको र श्याम राई अचेत अवस्थामा रहेकोले उपचारका लागि अन्यत्र लैजान चिकित्सकले सिफारिस गरेको छ ।

घाइते श्याम राईलाई ६ जना प्रहरीले कुटपीट गर्दै सातधारासम्म पुर्याएर नालीमा छोडिराखेको अवस्थामा राती ११ बजे भेटेर आन्दोलनकारीले अस्पताल पुर्याएका थिए । सङ्घीय समाजवादीका रामसिंह राईको दाहिने हात भाँचिएको छ ।राँके  जुलुसमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास प्रहार गरेपछि एक सय ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । करिब पा“च दर्जनभन्दा बढी घाइतेलाई सिद्धकाली अस्पतालमा उपचार गराएका छन् ।

पहिचान सहितको सङ्घीयता सुनिश्चित गर्न माग गर्दै तीस दलीय मोर्चाले चैत १५ गतेको लाठी जुलुसमाथि पनि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठी जुलुसमा एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए ।

शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन गरेकोमा एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष तथा निवर्तमान सभासद सुदन किराती, सङ्घीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, खम्बुवान राष्ट्रिय मोर्चाका सिद्धिकुमार राईले भत्र्सना गरेका छन् । भोजपुरमा मोर्चामध्येको एमाओवादी, सङ्घीय समाजवादी, खम्बुवान र खस समावेशी पार्टी आन्दोलनमा संलग्न छन् ।

फोटो: अजम्मर कांगमांग राइको फेशबुक बाट


 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %