पृथ्वीनारायण क्याम्पसका मगर विद्यार्थीको बिभागीय प्रमुख चयन

Read Time:3 Minute, 12 Second

रूद्र श्रीसमगर  

पोखरा, २४ चैत – नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समिति, पोखराको आइतबार सम्पन्न १८ औं क्याम्पस अधिवेशनबाट निर्वाचित नयाँ क्याम्पस समितिको प्रथम बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकले सात सदस्यीय सल्लाहकार चयन तथा विभिन्न विभागहरू गठन गरेको छ । जसको सल्लाहकारहरूमा सह–प्राध्यापक डा. मीन पुनमगर, उप–प्राध्यापक निर्मल थापामगर, पत्रकार एवं सङ्घका पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख एवं पूर्व अध्यक्ष विनु मसरा·ीमगर, सञ्चारकर्मी एवं पूर्व अध्यक्ष गोविन्द सिंजालीमगर, पूर्व उपाध्यक्ष गोविन्द पुनमगर र निवर्तमान अध्यक्ष एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका केन्द्रीय सदस्य विवेक थापामगर रहेका छन ।

त्यसैगरी, गठित विभागहरूमा संगठन विभाग प्रमुखमा रेशम घर्तीमगर, आर्थिक विभागमा कुलबहादुर बुढामगर, प्रचारप्रसार तथा जनसम्बन्ध विभागमा सुशान्त गाहामगर, भाषा तथा संस्कृति विभागमा रूपा रानामगर, महिला विभागमा संगीता घर्तीमगर, खेलकुद विभागमा मञ्जु घर्तीमगर र साहित्य तथा प्रकाशन विभागमा ध्रुव रानामगर रहेका छन ।

त्यस्तै, बैठकले सात सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । जसमा अध्यक्ष निशा घर्तीमगर, उपाध्यक्ष ध्रुव रानामगर, सचिव सुशान्त गाहामगर, सह–सचिव कुमार पुनमगर, कोषाध्यक्ष कुलबहादुर बुढामगर, सदस्यद्वय रूपा रानामगर र संगीता घर्तीमगर रहेका छन ।

बैठकले १८ औं अधिवेशनको समीक्षासहित वार्षिक कार्ययोजना तय गरेको अध्यक्ष निशा घर्तीमगरले जानकारी दिए ।

सङ्घका गण्डकी अञ्चल समिति सचिव प्रेम रोकामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, निवर्तमान अध्यक्ष विवेक थापामगर, समाजसेवी सन्देश गुरुङलगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।

अध्यक्ष निशा घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन सचिव सुशान्त गाहामगरले र उपाध्यक्ष ध्रुव रानामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %