पाल्पामा आठ मोटरसाईकल तोडफोड

Read Time:1 Minute, 22 Second

देब पचभैया

पाल्पा, चैत्र २४ – आम हड्तालमा उत्रिएका बन्दकर्ताहरुले पाल्पामा आठ वटा मोटरसाईकल तोडफोड गरेका छन् ।

बन्दको बेला मोटरसाईकल चलाएको भन्दै उनीहरुले तानसेनका बिभिन्न स्थानमा चलेका  मोटरसाईकल तोडफोड गरेका हुन् । तोडफोड भएका मोटरसाईकल मध्ये बा ५५ प ८०५९, लु ७ प ३३७१ र लु १४ प ५१४४ नम्बरको मोटरसाईकलमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

हिजो बेलुकी मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएपछि आक्रोशित बनेका बन्दकर्ताहरु बिहान ६ बजे देखि सडकमा आएर तोडफोडमा उत्रिएका हुन् । कतिपय मोटरसाईकल चालकलाई चेतावनी दिएर छोडेको बन्दकर्ताहरुले बताएका छन् ।

सहमतिको आधारमा संबिधान निर्माण गर्नुपर्ने, पहिचान सहितको संघियता र संघियता सहितको संबिधान जारी गर्न माग गर्ने एमाओदी अगुवाईको ३० दलिय मोर्चाको आब्हानमा ३ दिने आम हड्तालको आयोजना गरेका हुन् ।

बन्दले पाल्पाको जनजिबव ठप्प भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %