चर्को विवादका विच मगर विद्यार्थी संघ स्याङ्जामा राना

Read Time:4 Minute, 49 Second

राजनितीक चलखेल गरीयो : वहिस्कार पक्ष

विनोद रखाली मगर

स्याङ्जा , चैत्र २३ – नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाको पाचौँ अधिवेशन गल्याङ् वहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

“जातीय पहिचान सहितको सघिंयता र समृद्ध मगराँत स्थापनार्थ हाम्रो आन्दोलन , वैज्ञानिक व्यवहारिक र सघिंय शिक्षा प्रणालीको पक्षमा ५ औं जिल्ला अधिवेशन” भन्ने उद्धघोषका साथ आयोजित अधिवेशनले वालिङ् वहुमुखी क्याम्पसका सगुन राना मगरको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

चर्को विवादका विच सम्पन्न वन्दशत्रले सर्वसम्मत चयन गर्ने पहल गरे पनि राजनितिक विषय प्रवेश गर्दा नेपाली कङ्ग्रेस, एनेकपा माओवादी , सघिंय समाजवादी पार्टी सर्मथक विद्यार्थीहरुले निर्वाचन वहिस्कार गरेका थिए । नेकपा एमाले समर्थक विद्यार्थीहरुले सुनोयोजित तरिकाले अधिवेशन आयोजना गरेको र सोही अनुसार वन्द शत्र अगाडी वढाएको भन्दै निर्वाचन वहिस्कार गरेको सचिवका उमेद्धवार सहाना थापा मगर र कोषाध्यक्षका उमेद्धवार गगां थापा मगरको आरोप छ ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका सचिव विशाल राना मगरको अध्यक्षतामा गठित निर्वाचन मण्डलले विवादका विच समिति घोषणा गरेको छ । समितिको सचिवमा सचिना थापा मगर , सहसचिवमा भिम राना मगर , सदस्यहरुमा राधु थापा मगर , सुदेश थापा मगर , विपना हिस्की मगर , सविता थापा मगर , गौमाया थापा मगर , उर्मिला थापा मगर, नितु थापा मगर , मनिशा थापा मगर , अभिनास सुर्यबंसी मगर , धन वहादुर राना मगर , दिलु थापा मगर , तारा पल्ली मगर रहेका छन् ।

यसअघि अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव विशाल राना मगरले मगरात प्राप्तिको लागी जस्तो सुकै मुल्य चुकाउन समेत मगर विद्यार्थी तयार रहेको जिकिर गर्दै देशै भरका मगर विद्यार्थीहरुलाई उक्त अभियानमा लाग्न आग्रह गरे ।

नेपाल मगर संघ स्याङ्जाका अध्यक्ष हेमन्त थापा मगरले अहिलेको आवश्यक्ता जातिय पहिचान सहितको सघिंयता रहेको वताउदै मगर संघले मगराँत  विनाको सघिंयता स्वृकार्य नहुने उद्धघोष गरे । कार्यक्रममा मगर संघ स्याङ्जाका सचिव लोकेन्द्र तराँमु मगर , मगर संघ स्याङ्जाका पूर्व कोषाध्यक्ष विनोद राना मगर , मगर संघका सस्थांपक सदस्य नर वहादुर राना मगर , मगर संघ गल्याङ्का अध्यक्ष जैसिंह राना मगर , मगर विद्यार्थी संघ कास्कीका पूर्व अध्यक्ष विनोद रखाली मगर , मगर विद्यार्थी संघ स्याङ्जाका पूर्व अध्यक्ष उमेश दर्लामी मगर , मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष शमशेर सारु मगर , गल्याङ् वहुमुखी क्याम्पसका निर्वतमान स्ववियु सभापति खुम वराल मगर , गल्याङ् भू.पू. सैनिक मा.वि.का कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगर , नेकपा एमाले जगत्रदेविका अध्यक्ष किसान श्रेष्ठ लगाएतले वोलेका थिए ।

स्याङ्जा जिल्लाका विभिन्न क्याम्पस , उच्च मा.वि तथा मा.वि.  देखि विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा मगर विद्यार्थी संघ गल्याङ् वहुमुखी क्याम्पसमा अध्यक्ष सचिना थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भई समितिका सचिव सगुन राना मगरको सन्चालन र समितिका अध्यक्ष गुप्त राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %