बुटवल , शुक्रबार ५८ औँ सहकारी, दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भयो ।
“आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने नाराका साथ सहकारी दिवस मनाईएको हो ।
पहिलो पटक २०१३ साल चैत २० मा चितवनमा बखान बचत तथा ऋण सहकारी स्थापन भएको थियो । त्यसकै सम्झनामा हरेक वर्ष चैत २० गतेलाई सहकारी दिवस को रुपमा मनाउँदै आएका छन् । हाल मुलुकमा विभिन्न विषयगत तथा वहुउद्देश्यीय सहकारी संस्थाहरू ३१ हजार भन्दा वढि छन् भने ३ सय १० वटा जिल्ला स्तरिय संघ, २० वटा केन्द्रीय संघ, १ राष्ट्रिय सहकारी बैंक र यी सबैको छाता संगठनको रूपमा १ राष्ट्रिय सहकारी संघ रहेको छ ।
सहकारीमार्फत प्रत्यक्ष रुपमा ५३ हजार जनाले रोजगारी पाएको यो क्षेत्रमा ७ लाख भन्दा वढि सदस्यहरुले अप्रत्यक्ष रुपमा रोजगारी पाएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले जानकारी दिए । सहकारी दिवसको अवसमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना व्यक्त गरेका छन् ।
उनले सहकारी अभियानलाई प्रजातान्त्रिक समाजवादको सहि अभ्यासको रुपमा लिएको शुभकामना सन्देशमा बताएका छन ।
