रुद्र श्रीस मगर
पोखरा, २० चैत – कास्कीका स्थानिय विकास अधिकारी तारानाथ अधिकारीले शुसासन प्रवद्र्धनका लागी स्वयम समुदाय नै जवाफदेही बन्नुपर्ने बताएका छन ।
कुनै पनि वाहानामा स्थानिय निकायले अनियमितता गरे आवाश्यक कार्वाही गर्न सकिने बताउदै उनले स्वयम समुदायलाई भने केहि गर्न नसकिने भएकाले सुसासनको सुरुवात समुदायबाटै गर्नुपर्नेमा जोड दिए ।
जिल्ला विकास समिति कास्कीको आयोजना तथा नौलो घुम्ती नेपालको सहजीकरणमा आज गरिएको एक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले लामो समयदेखी स्थानिय निकायको निर्वाचन नहुदाँ आफुहरुले दोहोरो भुमिका निभाउनु पर्ने भएकाले कामकार्वाहीहरु प्रभावकारी बन्न नसकेको उल्लेख गरे ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रम, स्थानिय शासन तथा उत्तरदायी संयन्त्र परियोजना अन्तरगत स्थानिय विकासका कानुनी तथा नीतिगत व्यवस्था पालनामा अनुगमन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले आवाश्यक अनुगमनको अभावका कारण स्थानिय निकायद्धारा प्रदान गरिने कार्यक्रमहरुबाट अपेक्षित उपलब्धि हाषील गर्न नसकिएको बताएका थिए ।
