रुखले च्यापेर एक बृद्धको मृत्यु

Read Time:1 Minute, 7 Second

सनु थापा मगर

नवलपरासी,  हावाहुरीका कारण रुख ढल्न पुग्दा नवलपरासीको कावासोतीमा रुखले च्यापिएर एक जना वद्धको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १ कोइलापानीमा रुखले च्यापिएर कोइलापानीका अन्दाजी ७५ बर्षीय पुर्णबहादुर गुरुङ्गको मृत्यु भएको हो । चौतारोमा बसिरहेको बेला शुक्रबार दिउंसो आएको हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर मृतु भएको प्रत्यक्षदर्शीहरुले बताए ।

यस्तै हावाहुरीका कारण बिभिन्न स्थानहरुमा बिजुली पोल ढलेका कारण बिद्युत सेवा अबरुद्ध भएको छ भने नवलपरासीको दलदले प्रगतिनगर लगायतका बिभिन्न स्थानहरुमा राजमार्ग समेत अबरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %