सनु थापा मगर
बुटवल , चैत्र २० – राजमुपाको महिला संगठन् राष्ट्रिय महिला मोर्चा बुटवल उप–महानगरपालिकाको दोश्रो अधिवेशन बुधबार बुटवलमा सम्पन्न भयो ।
अधिवेसनबाट बसन्ती साठीघरे मगरको अध्यक्षतामा १७ सदस्यीय बुटवल नगर समिति चयन गरिएको छ । उपाध्यक्षमा कुमारी गुरुङ ,सचिवमा लिला दर्लामी , सह–सचिवमा सिता थापा र कोषाध्यक्षमा कृष्णा गुरुङ चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा भविसरा थापा ,भिम कुमारी बगाले ,रेखा राना ,सुन्तली परियार ,विष्णु राना , राधिका थापा , चित्र राना ,तुलसा थापा ,तिल कुमारी राना , नारायणी पाटा ,सविता थापा ,शुशिला थापा ,निर्बाचित भएका छन ।
बुधबार अधिवेसनको उद्घाटन गर्दै संघीय परिषद् सदस्य होमाया गुरुङ्ले हरेक तह र क्षेत्रमा महिलाहरुको समान सहभागिता र उपस्थितीको लागि पार्टी भित्रैबाट महिला सहभागिताको अभ्यास हुनु पर्ने बताए ।
पार्टी भित्रै पनि पुरुषहरुको अनुपातमा महिलाहरुको उपस्थिती कम रहेकोले महिला दिदी बहिनीहरुले पार्टी र विभिन्न तहमा उपस्थिती बढाउन महिलाहरु आफै उठ्नु पर्ने बताए । राष्ट्रिय भूपू सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर रानाले नेपालमा महिलाहरु दोश्रो दर्जाको नागरिकको रुपमा हेपिएर बस्न नहुने र यसको लागि स्वयं महिलाहरुले नै कदम चाल्नु पर्ने औल्याउँनुए ।
लुम्बिनी राज्य परिषद्का उपाध्यक्ष तथा महिला मोर्चा लुम्बिनी राज्य समितिका अध्यक्ष धनी आले मगरले महिलाहरु पनि यो राज्यको एक हिस्सा भएकाले राज्यले महिला सहभागिता र पहुँच वृद्धिका लागि ल्याएका नीति तथा कार्यक्रमहरु ब्यबहारिकरुपमा कार्यान्वयनमा ल्याउनु पर्ने बता ।
कार्यक्रममा संघीय सभा सदस्य बलबहादुर थापा ,जिल्ला उपाध्यक्ष मधु राना , राष्ट्रिय महिला मोर्चाका जिल्ला उपाध्यक्ष गिता सारु ,राष्ट्रिय भूपू सैनिक संगठनका जिल्ला उपाध्यक्ष तथा पार्टी नगर अध्यक्ष सिएचएम नरसिङ काउचा मगर, क्षेत्र नं ४ का अध्यक्ष वर्णबहादुर राना मगर लगायतले बलेका थिए ।
कृष्ण ढेङ्गा मगरको अध्यक्षता , गङ्गा श्रीस मगरको स्वागत तथा सिता थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
