देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरौ

Read Time:2 Minute, 41 Second

गोविन्द घर्ती   

देवदह,  चैत्र २१ – देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरुको एकिकरण विना देवदह क्षेत्रको विकास असम्भव हुने रुपन्देहीको देवदह–४, भवानीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु आ–आफनो तरिकाले अगाडि बढेकाले देवदह क्षेत्रको विकास गर्न अफठ्यारो भएको बताएका छन् । उनीहरुले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हो भने सम्पूर्ण संघसंस्थाहरु एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।

रुपन्देहीको देवदह–४, भवानीपुरमा दक्षिण एशियाली पुर्वाधार लुम्विनी विकास कोषद्धारा आयोजित समुदाय परिचालन तथा जनचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्रमा भएको उत्खनन्को क्रममा भेटिएका ऐतिहासिक वस्तुहरु देवदहमा नै संग्राहलय निर्माण गरी राखिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा निलकण्ठ पौडेल, लिलावल्लभ भट्टराई, गोविन्द घर्ती, रामप्रसाद देवकोटा लगायतले बोल्दै सामुहिक योजना निर्माण गरी देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रामचन्द्र पाण्डेको संयोजकत्वमा दीगो पर्यटन विकास तदर्थ समिति गठन गरेको छ ।

अन्य सदस्यहरुमा रमेश काफ्ले, रामप्रसाद देवकोटा, अमर पोखरेल, विष्णुमाया घिमिरे, गोविन्द घर्ती, कृष्ण पाण्डे रहेका छन ।

तदर्थ समितिले १५ दिन भित्र देवदह क्षेत्रमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाहरुका प्रतिनिधित्व हुने गरी भेला गरी पुर्ण समिति गठन गर्ने निर्णय भएको छ । श्याम सुवेदीले कार्यक्रमको सहजीकरण गरेका थिए ।



 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %