ढुट सिक्दै मगरहरु

Read Time:1 Minute, 39 Second

सनु थापा मगर 

बुटवल , चैत्र २० – मगर आक्खा लिपी प्रशिक्षणको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

  गत सोमबार एक कार्यक्रमका विच कपिल्बस्तुमा सुरु भएको १५ दिने तामिको संघका केन्द्रिय उपाध्यक्ष कुलमान बुढा मगरले उद्घाटन गरे । नेपाल मगर लेखक संघ अञ्चल समिति लुम्बिनीको आयोजना तथा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थीक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । प्रशिक्षकको रुपमा रुक बहादुर थापा मगरले सहजिकरण गरेका छन ।

कार्यक्रममा नेपाल मगरसंघ कपिलबस्तुका अध्यक्ष धनबहादुर बुढा , नेपाल मगर महिला संघ कपिलबस्तुका अध्यक्ष लक्ष्मी सारु ,मगर बुद्ध सेवा समाजका पुर्व केन्द्रिय उपाध्यक्ष अमरबहादुर थापा , रामबहादुर राष्कोटी मगर , विष्णु राना मगर लगायतले बोलेका थिए ।

नेपाल मगर लेखक संघ अञ्चल समितीका उपाध्यक्ष सनु थापा मगरको अध्यक्षता , संघका कोषाध्यक्ष चोपलाल राहुलको स्वागत तथा लिला राना मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम यही चैत्र २८ गते सम्म सञ्चालन हुने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %