सनु थापा
मगर बुटवल – दुर्गा गुरुङ मिस नेपाल प्रतियोगिताको उत्कृष्ट बिसमा पुग्न सफल भएकी छिन् ।
संघीय एक्सप्रेससंग कुरा गर्ने क्रममा उनले आफुलाई मिस नेपाल २०१५ को विजेता बनाउन सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।
ब्युटी पेजेन्ट ईभेन्ट मिस नेपाल २०१५ को लागि छानिएका सुन्दरीहरुको अहिले काठमाण्डांैमा क्लोजक्याम्प चलिरहेको छ । यस वर्षको मिस नेपालको प्रतिस्पर्धीमा बुहप्रतिभाकी धनी पोखराका दुर्गा गुरुङ पनि छनौटमा पर्न सफल भएकी हुन् ।
“पुर्व मिस युके नेपाल २०१२” का विजेता समेत रहेका दुर्गा अहिले मिस नेपालका दावेदार मध्येका एक हुन् । पोखरा उप–महानगरपालिका वडा नं १५ नयाँ गाउँ निवासी तथा तिलोत्तमा नगरपालिका वडा नं १ का समाजसेवी क्या. टेक बहादुर गुरुङका छोरी नातिनी दुर्गा गुरुङले किङ्गस्टन युनिभर्सिटी लण्डनबाट विज्नेस एड्मिन्स्ट्रेसन्मा अनर गरेका छन् । मिस नेपाल प्रतियोगितामा अहिले पब्लिक पपुलर भोटीङ् राउण्ड चलिरहेको छ ।
यो एसएमएस भोटीङ् राउण्डमा सबै भन्दा बढी भोट पाउने प्रतियोगी सिधै टपटेनमा पुग्ने छ । पव्लिक पपुलर भोटीङ् राउण्डमा दुर्गालाई जिताउन मेसेज बक्समा गई एमएन स्पेस र उनको कोड नं १५ टाईप गरी ३६२६ मा पठाउन सकिने छ ।
