बहराईनका जनप्रगतिशिल मन्चले दोस्रो महादिवेशन गर्दै

कृष्ण सारू मगर

बहराईन, ४ अप्रैल – “संसारका मजदुर एक हौ” भन्ने मुल नारा का साथ यही आउँदो १ मे २०१५ शुक्रबारका दिन चेम्बर अफ कमर्सको सभा हलमा एकिकृत माओवादीको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशिल मन्च बहराईनले दोश्रो महाधिवेशन गर्ने निर्णय को छ ।

मञ्चको दोश्रो महाधिवेशन कार्यक्रम लाई सम्बोधनका लागी पार्टीका वरिष्ठ उपाअध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईको प्रमुख आतिथ्य रहने छ । भट्टराईको साथमा बिदेश विभाग ब्यूरोका सदश्य मुक्ति नाथ खनाल र स्थायी कमिटि सदश्य हिसिला यमि बिषेस अतिथिको रूपमा उपस्थित हुने छन ।

का.बा. अध्यक्ष क्षेत्र प्रसाद देवकोटाको संयोजकमा महाधिवेशन सम्पन्न गर्न दुई महिला सहित, ३१ सदस्य मुल समिति, उप-समिती र विभिन्न विभागीय समिति समेत गठन गरेको देवकोटाले राज्यसत्ता डटकम लाई बताए ।