बहराइनमा अन्तराष्ट्रिय मजदुर दिवस मनाइने

Read Time:1 Minute, 43 Second

कृस्ण सारू

बहराइन ,४ अप्रैल – बहराइनमा १ मेका दिन अन्तराष्ट्रिय मजदुर दिवस मनाइने भएको छ ।

०२ अप्रैल २०१५का दिन नेपाली क्लवमा भएको बृहत छलफल तथा अन्तरकृया कार्यक्रममा सम्पन्न भएको छ । रा्ष्ट्रिय लोक तथा दोहरी गायिका मुना थापा मगर, पप तथा आधुनिक गायक सुगम पोख्रेल, हर्के हवलदारका हाँस्य कलाकार, अपाङ्ग नृत्ङ्गना रोमा न्यौपाने, महिमा सिलवाल बहुप्रतिभाका धनि राष्ट्रिय कलाकार समुहको बेजोर्ड प्रस्तुति रहने बताइएको छ ।

उक्त अन्तराष्ट्रिय मजदुर दिवस १ मे शुक्रबारको दिन कार्क्रम सफल बनाउनका निमित्त बिभिन्न संघ, संस्था, संगठन पत्रकार र समाजसेवी माझ बृहत छलफल तथा उचित सुझाव, सल्लाह र परामर्स लिएको संघका सचिव लाल प्रसाद पुन मगरले जानकारी गराएका थिए । कार्यक्रम संचालनको लागी वरिष्ठ लोक गायक अशिम महतलाई जिमेम्वारी दिईएको छ ।

कार्यक्रम डेलमन ईन्टरनेश्नल होटल मानमामा हुने छ ।

यसै गरी गैर आवासिय नेपाली संघ बहराइनमा आवद्ध हुनुको मुख्य उद्धेश्य, के-के हुन् ?  भन्ने वारेमा बृहत रूपमा बहस, छलफल तथा बिचार विमर्षको वारेमा अर्को बैठकले निर्णय गर्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %