कारागारमा साथी भेट्न लागु औषध उपहार

Read Time:1 Minute, 14 Second

देब पचभैया

पाल्पा, चैत्र २० – पाल्पा कारागारमा साथी भेट्न आएकी २४ बर्षिया पुनम लिम्बु लागुऔषध सहित पक्राउ परेका छन् ।

४५ दिन लागुऔषधको मुद्धामै  सजाय भुक्तान गरी  पाल्पा कारागार बाटै एक महिना अघि छुटेकी पुनम साथी भेट्न कारागार आउदा लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । उनको साथ बाट Phenergan ५१ थान,  diazapam ५०  र leogesic ५० थान बरामद भएको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।

उनको साथ बाट बरामद भएको लागु औषध जेलमा रहेका साथीलाई  दिन वा आफै प्रयोग गर्न के को लागी हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । काठमाण्डौ महानागरपालीका २९ नयाँबानेश्वर घर भएकी लिम्बु गएको मंशिरमा लागु औषध सहित रुपन्देही बाट पक्राउ परेकी थिईन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %