रूद्र श्रीसमगर
पोखरा, १८ चैत
नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमको आयोजनामा देशका विभिन्न सामुदायिक रेडियोहरूमा कार्यरत आदिवासी जनजाति रेडियोकर्मीहरूका लागि तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।
पोखराको ड्यामसाइडस्थित होटल ड्रागनमा भइरहेको तालिमको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सूर्यबहादुर भुजेलले जलवायु परिवर्तनले आदिवासी जनजातिलाई पार्ने असरबारे सचेतना जगाउन तालिमको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
आदिवासी जनजातिका मुद्दाहरूलाई प्रचारप्रसार गर्न रेडियोकर्मीहरूले अग्रणी भूमिका खेल्नुपर्ने बताउादै उपाध्यक्ष भुजेलले पुनर्ताजगी तालिमले आदिवासी जनजाति रेडियोकर्मीहरूलाई कार्यक्रमका लागि थप सहयोग पुग्ने बताए ।
त्यस्तै, महासंघका सचिव गणेशलाल थकालीले आदिवासी जनजाति रेडियोकर्मीहरूलाई आदिवासी जनजातिका मुद्दाको प्रचारप्रसारका लागि भूमिका खेल्न आग्रह गर्दै जलवायु परिवर्तनबाट आदिवासी जनजातिलाई पर्ने प्रत्यक्ष असरबारे सचेत बनाउन रेडियो कार्यक्रमले सघाउ पुग्ने उल्लेख गरे ।
जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमका कार्यक्रम अधिकृत टु·ा राईले तीन दिने पुनर्ताजगी तालिमका क्रममा जलवायु परिवर्तन, रेड प्लस, आदिवासी जनजाति सवालहरू तथा पछिल्लो क्रममा विकास भएका नया कुराहरूका बारेमा छलफल गरिने बताए ।
कार्यक्रमको सञ्चालन जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रम आर्थिक तथा प्रशासन शाखाका नवराज लामाले गरेका थिए । पुनर्ताजगी तालिममा विभिन्न जिल्लाका सामुदायिक रेडियोहरूमा कार्यरत ३४ जना आदिवासी जनजाति रेडियोकर्मीहरूको सहभागिता छ ।
जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमको सहयोगमा हाल देशका विभिन्न जिल्लाका २३ सामुदायिक रेडियोहरूमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम उत्पादन र प्रसारण हुादै आएका छन् । तीन दिने तालिमका क्रममा कार्यक्रम अधिकृत टु·ा राई तथा रेडियो कार्यक्रम संयोजक मोहनसिंह लामाले सहजीकरण गर्नेछन ।
