स्वास्थ्य मन्त्रीसँग सीबीआरएसको संस्थागत साक्षात्कार

Read Time:1 Minute, 49 Second

रूद्र श्रीसमगर

पोखरा, १६ चैत – विगत २० वर्षदेखि अपा·ताको क्षेत्रमा क्रियाशील समुदायमा आधारित पुनस्र्थापना सेवा (सीबीआरएस)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीसँग संस्थागत साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले मानिसले आफ्नो सार्थक बनाउन परोपकारी कार्य गर्नुपर्ने बताए । सीबीआरएसले गरेको सामाजिक सेवा उदाहरणीय रहेको भन्दै आफ्नो तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै सीबीआरएसका बोर्ड अध्यक्ष पुरन कुँवरले स्वास्थ्य मन्त्रीको आगमनले आफूहरू अत्यन्त खुशी भएको भन्दै २० वर्षको अवधिमा पहिलोपटक मन्त्रीलाई स्वागत गर्न पाएको र सामाजिक सेवालाई निरन्तर विस्तार गर्दै अघि बढ्ने योजना रहेको बताए ।

सीबीआरएसका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले सामाजिक संघसंस्थाहरूले विशुद्ध सामाजिक सेवामा समर्पित हुनुपर्ने बताउँदै नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका थिए ।

सो अवसरमा मन्त्री अधिकारीले सीबीआरएस केन्द्रीय कार्यालय, तालिम कक्ष तथा सेवा कक्षको अवलोकन समेत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %