मगर विद्यार्थी सङ्घ पीएन क्याम्पसको १८औं अधिवेशन चैत २२ गते

Read Time:3 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, १४ चैत – नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समितिको १८ औं अधिवेशन यही चैत २२ गते हुने भएको छ ।

शनिबार सम्पन्न समितिको बैठकले सो निर्णय गरेको अध्यक्ष विवेक थापामगरले जानकारी दिए ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू समेत निर्माण गरेको छ । जसमा आर्थिक उपसमिति संयोजकमा अध्यक्ष थापामगर, प्रचारप्रसार तथा सांस्कृतिक उपसमिति संयोजकमा उपाध्यक्ष कमला थापामगर, खाजा तथा पानी उपसमितिमा कोषाध्यक्ष अनिता रानामगर, अतिथि सत्कार उपसमितिमा सहसचिव सुमित्रा रानामगर, साउण्ड सिस्टम तथा मञ्च व्यवस्थापन उपसमितिमा गोपाल वीरकट्टामगर र सुशान्त गाहामगरलगायत रहनुभएको छ । अधिवेशनको उद्घाटन सङ्घका केन्द्रीय अध्यक्ष दीपा आलेमगरले गर्नुहुने समेत अध्यक्ष थापामगरले जानकारी दिएका छन ।

त्यसैगरी, बैठकले हरेक वर्ष दिइँदै आएको मगर विद्यार्थी छात्रवृत्ति प्रदान गर्नका लागि प्राध्यापक निर्मल थापामगरको संयोजकत्वमा तीन सदस्यीय छात्रवृत्ति प्रतिभा छनौट समिति गठन गरेको छ । जसको सदस्यद्वयमा सङ्घका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर र केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख विनु मसराँगी मगर रहेका छन । सङ्घको छात्रवृत्ति अक्षयकोषमा हाल १ लाख २५ हजार रुपैयाँ रकम रहेको छ । सोही रकमबाट प्राप्त ब्याजबाट वार्षिक रूपमा मगर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

साथै, बैठकले १८ औं क्याम्पस अधिवेशनकै अवसरमा विभिन्न क्षेत्रका सात जना प्रतिभालाई सम्मान गर्ने निर्णय समेत गरेको छ । जसमा हाल जिल्ला अस्पताल, गोरखामा कार्यरत नायब सुब्बा जीतबहादुर रानामगर, मनाङमा कार्यरत खरिदार रामबहादुर थापामगर, मगर कथानक चलचित्र रैंयाकी नायिका एवं सञ्चारकर्मी कमला थापामगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरीमगर, मिस मगर नेपाल–२०१५ की बिजेता उषा पाइजामगर, सेकेण्ड रनर अप सरला थापामगर र मिस प्लस टु गण्डकीकी बिजेता सुनिता पुनमगरलाई सम्मान गरिने अध्यक्ष थापामगरले जानकारी दिए ।

सङ्घका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरको प्रमुख आतिथ्यमा भएको बैठकमा गण्डकी अञ्चल सचिव प्रेम रोकामगर, अञ्चल सदस्य सरिता आलेमगर, कास्की जिल्ला अध्यक्ष नेत्र घर्तीमगर, सहसचिव दिनेश रोकामगर, सल्लाहकार रूद्रबहादुर श्रीसमगरलगायतले मगर विद्यार्थीहरूको हकहितका पक्षमा गर्नुपर्ने कामका बारेमा दिशानिर्देश गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %