बुद्धको मावली मायादेवी मन्दिरमा काटमार बन्द गर्नु पर्छ

Read Time:5 Minute, 24 Second

गोविन्द घर्ती

रुपन्देही, चैत्र १४ – भगवान गौतम बुद्धको मावली स्थलको रुपमा परिचित हुदै आएको देवदहको भवानीपुरमा रहेको मायादेवी मन्दिरमा अहिले पनि काटमार हट्न सकेको छैन ।

 

भगवान गौतम बुद्धले दिएका उपदेश मध्ये सवैभन्दा महत्वपूर्ण उपदेशको रुपमा मानिने काटमार र हिंसालाई रोक्नु पर्ने भएता पनि अहिले सम्म निरन्तरता पाईरहेको छ । रुपन्देहीको देवदह–४ भवानीपुरमा पुरातत्व विभाग लुीम्वनीले उत्खनन् गरे पनि उक्त क्षेत्रमा अहिलेपनि रामनवमीको अवसरमा काटमार गर्दै आईरहेको छ । विगतका दिनहरुमा भगवान गौतम बुद्धको आमा मायादेवीको मन्दिरमा काटरमार गर्दै आईरहे पनि केही बर्ष देखि मायादेवी मन्दिरको करिव ५० फुट दक्षिण तर्फ काटमार गर्दै आईरहेको छ ।

भगवान गौतम बुद्धको आमा मायादेवीको मन्दिर संगै शिवको पनि मन्दिर रहेको र सोही क्षेत्रमा अहिले पनि भगवानको नाममा काटमार हुदै आईरहेको छ । पुरातत्व क्षेत्रमा अहिले पनि बोकार, परेवा, कुखुरा, पाडा लगायतका पशुहरुको भगवानको नाममा काटमार हुदै आईरहेको छ । देवदहको भवानीपुर गौतम बुद्ध संग सम्वन्धीत क्षेत्र भएता पनि सोही क्षेत्रमा काटमार पूर्ण रुपमा हटाउन प्रयास गरिएपनि हटाउन नसकिएको देवदह क्षेत्र परिचय विकास समितिका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।

विगत लामो समय देखि रामनवमीको अवसरमा सोही ठाउमा काटमार गर्दै आएको र अहिले एक्कासी हटाउन नसकिएको अध्यक्ष पौडेलले बताए । बर्षको एक दिन रामनवमीको दिन मायादेवी मन्दिरमा पुजा आजा गर्नेको भिडभाड हुने र आ–आफनो भकल अनुसार काटमार हुदै आएको कोलिय राज्य बुमावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताए । यस क्षेत्रमा काटरमार गर्न पूर्णरुपमा हटाउन पहल भईरहेका पनि स्थानीयवासीले त्यसलाई आनाकानी गर्ने गरेको अध्यक्ष रानाले बताए । उनका अनुसार जव सम्म मायादेवी मन्दिर संगै रहेको शिवको मन्दिर उक्त क्षेत्रबाट हटाएर अन्यत्र सारिदै तव सम्म पुजाआजाका साथै काटमारलाई पूर्णरुपमा बन्द गर्न नसकिने बताए ।

२०५२ सालमा पुरातत्व विभागबाट मायादेवी मन्दिर परिषरमा काटमार नगर्नु भनी आएको पत्र त्यसका एक बर्षपछि पुनः भगवान गौतम बुद्धको मावली स्थल भवनीपुर नै हो भनी प्रमाणित नभएको हुदा परम्परागत रुपमा चल्दै आएको चलन चल्न दिनु भनी पुरातत्व विभागबाट परिपत्र भएको स्थानीय समाजसेवी तथा शिक्षक लिल्लावल्भ भट्टराईको भनाई रहेको छ । भगवान गौतम बुद्धको मावली स्थल एकिन नुहदा सम्म मायादेवी मन्दिर क्षेत्रबाट काटमार हटाउन नसकिने र यसको लागि नगरपालिका, लुम्विनी विकास कोष, राजनैतिक दल, पुरातत्व विभाग लाग्नु पर्ने स्थानीयवासी तथा समाजसेव केशव खवासको भनाई रहेको छ । राज्यले चाहेमा मायादेवि मन्दिर परिषरबाट शिवको मन्दिरलाई अन्यत्र लगेर स्थापित गर्ने सोही ठाउमा मारकाट गर्ने गरेमा मात्र भगवान गौतम बुद्ध संग सम्वन्धीत ठाउमा मारकाट रोक्न सकिने खवासले बताए ।

अहिले राजनैतिक दल, लुम्विनी विकास कोष, राजनैतिक दलले भाषणमा मात्र भगवान गौतम बुद्धको मावली स्थल देवदह भवानीपुरमा पर्छ भनेर विभिनन दातृ निकाय संग पैसा खाने तर सोही क्षेत्रमा अहिले पनि मारकाट हुदै जादा समेत कुनै वास्ता नगरेको खवासको गुनासो रहेको छ । खवासका अनुसार राजनैतिक दल, लुम्विनी विकास कोष, नगरपालिका र स्थानीय बुद्धिजीवि एक जुट भएर सोही क्षेत्रमा मारकाट नगर्ने प्रतिवद्धताका साथ लाग्ने हो भने हटाउन सकिने खवासको भनाई रहेको छ ।

बुद्धको उपदेशलाई व्यवहारमा उर्तान भगवान गौतम बुद्धको मावली स्थलबाट मारकाट हटाउन सम्वन्धीत निकाय लाग्नु पर्ने देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %