बहराईनका नेपालीहरू द्वारा १,२८,३१३ सहयोग प्रदान

कृष्ण सारू मगर

बहराईन २८ मार्च- नुवाकोट जिल्लाको नं.१ क्षेत्र दिगाम ६ तलाखु स्थित तामाङ्ग वस्ति अन्तर्गत पर्ने टोटल १९ घरका विपन्न परिवारलाई सौचालय निर्माणका लागी बहराईन बाट पुर्खेउली घर पाल्पाली खड्काहरूको चेली श्रीमति कृष्ण कुमारी विष्टको संयोजकत्वमा बहराईनका नेपालीहरूको सह्योग द्वारा संकलित रकम नेरू १,२८,३१३ (एक लाख अट्ठाईस हजार तीन सय तेह्र रूपैयाँ) लाई दुःख निवारण संस्थाका उपाध्यक्ष तेज राई लाई गत २१ मार्चका दिन स्थानिय विशिष्ट ब्याक्तित्व भद्र भलाद्मी हरूको रोहवरमा नेपाली दुतावास बहराईनका पुर्व कावा राजदुत आनन्द प्रसाद शर्मा, राजीब बिष्ट साथै बहराईन बाट गएका प्रतिनिधि तथा डिएक्सएन नेपाली परिवारका अबिभावक समेत रहेका विष्णु रोका मगरले संयुक्त रूपमा हस्तान्तरण गरेको छ । भने, सोही अवसरमा कुन्जन चोचाङ्गी मगर, र विन्देश खड्का समेतले आर्थिक सह्योग प्रदान गरेका छन् ।

काठमाण्डौ उपत्यका देखी झण्डै ३४ किमी दुरीमा रहेको बिकट गाउँलाई दुःखी निवारण गुठी संस्था (The Relife Trust) १४ फागुन २०३० सालमा स्व तिल बहादुर लोपसनको अध्यक्षतामा समाज सेवाका लागी स्थापना भै जि प्र का काठमाण्डौमा दर्ता नं.३१९ बताउँदै सो, गुठी संचालन गर्न निकै धौधौ भैरहेको अवस्थामा संजिवनी बुटी अमृत बनेर पहिलो पटक अन्तराष्ट्रिय सह्योग भन्दै अत्यन्तै भावुक हुँदै यस पुण्य कार्यका लागी संयोजक चेली बिष्ट लाई हार्दिक आभार गर्दै सम्पुर्ण सह्योगी हातहरू प्रति धैरै धेरै धन्यावाद ब्यक्त गरेक छन । भने, यस बिकट दिगाम ६ तलाखु गाउँका १९ घर धुरी मानिसहरू लाई आवश्यक चाहिने भौतिक पुर्वाधार श्रोतहरू प्रयाप्त मात्रामा सरकार र संवन्धित निकायको खासै चासो नदेखाएको निवर्तमान अध्यक्ष श्रीमति डा चेतना लोपसनले दुखेसो पोख्दै अन्य ठाउँका भद्रभलाद्मी, समाजसेवी तथा बुद्धिजिविहरू बाट पनि सह्योगको आशा, अपेक्षा गरेको बताएका छन् ।