सनु थापा मगर
बुटवल, चैत्र ११- मगर बुद्ध सेवा समाज केन्द्रिय समितिको चौथो अधिवेसन सोमबार सम्पन्न भएको छ ।

भैरहवामा दुई दिन सम्म चलेको अधिवेसनबाट पुनः देउबहादुर रानाको अध्यक्ष्यतामा नयाँ समिति निर्बाचित भएका छन् । जसको बरिष्ठ उपाध्यक्षमा बलबहादुर रखाल मगर, त्यस्तै अन्य उपाध्यक्षमा दलबहादुर समाल मगर, हरी शङकर थापा मगर, टेकबहादुर थापा मगर, राजबहादुर घर्ती मगर, महासचिबमा ईन्द्र प्रसाद राना मगर, उप–महासचिबमा डबबहादुर गर्बुजा मगर, सचिबमा जितबहादुर राना, कोषाध्यक्षमा मधुमालती बुढाथोकी मगर, सह–कोषाध्यक्षमा सरस्वती पुलामी मगर, चयन भएका छन ।
र सदस्यहरुमा भिमबहादुर गुर्मछाने मगर, निमबहादुर राना, सर्बधनखपाङ्गी मगर, चन्द्रबहादुर पुलामी, हितबहादुर राना मगर, मनु थापा मगर, कलबहादुर पल्ली मगर, गोविन्द थापा मगर, नारायण राना मगर, एकबहादुर थापा मगर, रुकबहादुर पुन् मगर, अमरबहादुर आले मगर, मनुबाठा मगर, दिला राना मगर, सुनु घर्ती मगर रहनु भएको छ ।

अधिवेसनको चैत्र ७ गते शनिबार लुम्विनी विकास कोषका सदस्य सचिब अजीतमान तामाङले उदघाटन गरेका थिए । उद्घाटन शत्रमा नेता तथा संस्कृतीविद एमएस थापा मगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर, मगर महिला संघका केन्द्रिय अध्यक्ष गङ्गा खासु मगर, अन्तराष्ट्रिय मगर मञ्चका अध्यक्ष थर्क राना मगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा मगर, लेखक टिवी पुन मगर, लुम्बिनी विश्वविद्यालयका क्याम्पस प्रमुख ईन्द्र काफ्ले, समाजसेजी तथा राजमुपा जिल्ला अध्यक्ष झमबहादुर गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रमको अवसरमा संस्थालाई योगदान पु¥याउनु हुने बुटवल लक्ष्मीनगर निवासी मानबहादुर राना मगर, अमर बहादुर राना मगर लगायतलाई सम्मान गरिएको थियो ।
