गोविन्द घर्ती
देवदह चैत्र ११ । भिवाससिसि देवदहको हिसाव किताव ४ बर्ष सम्म सार्वजनिक हुन नसकेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन देवदह गाविसमा दिशामुक्त क्षेत्र घोषणा गर्न गरिएको खर्चको हिसाव किताव हाल सम्म सार्वजनिक नगरिएको भन्दै तत्काल हिसाव सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । देवदह नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको कार्यदल गठन गर्न आयोजित कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले हिसाव किताव सार्वजनिक गर्न भएको ढिलाई प्रति तत्कालिन भिवाससिसि र नगरपालिका दोषी रहेको समेत बताएका थिए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण ढकाल, वासुदेव रिमाल, दिल्लीराज मरासिनी, पदम थापा, चोडाप्रसाद चापगाई, निमकला पुन, सावित्री वस्याल, रुका सापकोटा लगायतले बोल्दै भिवाससिसिको हिसाव किताव पारदर्शिता हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको संयोजकत्वमा २५ सदस्यीय नगरस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरेको छ । जसको सदस्यहरुमा त्रिलोचन दाहाल, ईश्वरी ढुगाना, प्रजापति सापकोटा, निमकला पुन, हरी केसी, अमिन गोतामे, चोडाप्रसाद चापागाई, रुका सापकोटा, सावित्रा वस्याल, मिना श्रेष्ठ, भिमदेव ढकाल, दिपक लम्साल, चुडामणि भारती, जीतबहादुर पाईजा रहका छन । त्यसैगरी सुन्दरी गिरी, पूर्णचन्द्र भूषाल, चक्रपाणी न्यौपाने, कालुराम थापा, सिता बस्याल, वावुराम पंगेनी, डम्वरबहादुर थापा, तुल्सीराम चापागाई, ऋषिराम रेग्मी रहेका छन । कार्यक्रममा समितिको पहिलो बैठकले भिवाससिसिको हिसाव किताव सार्वजनिक गर्न कार्यदल गठन गरि अगाडि बढ्ने निर्णय गरेको छ । कार्यदलले १ महिना भित्र भिवाससिसिको हिसाव किताव सार्वजनिक गर्नुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
