फोनिज कास्कीको जिल्ला भेला चैत १५ गते हुने

Read Time:1 Minute, 35 Second

रूद्र श्रीसमगर

पोखरा, ९ चैत

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्की शाखाको जिल्ला भेला यही चैत १५ गते हुने भएको छ ।

फोनिज कास्की शाखाको आइतबार बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । फोनिजको विधान बमोजिम गर्न लागिएको जिल्ला भेला मार्फत हालसम्मका संगठनका गतिविधि तथा कामको समीक्षा र भावी योजना निर्माण गरिने छ । जिल्ला भेलामा सचिवले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । बैठकले भेलामा सहभागिताका लागि फोनिजमा आबद्ध सबै साधारण सदस्यहरूलाई उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ । साथै, नयाँ सदस्यता वितरण तथा नवीकरणका लागि सबै आदिवासी जनजाति पत्रकारहरूलाई आह्वान पनि गरेको छ ।

त्यसैगरी, सो बैठकले अध्ययन भ्रमणमा जाने निर्णय समेत गरेको छ । यही चैतको अन्तिम साता कास्कीको पर्यटकीय गाउँ ल्वाङघलेल जाने निर्णय गरिएको सचिव रोशनी गुरुङले जानकारी दिए । भ्रमणको मिति भने जिल्ला भेलापछि निश्चित गरिने गुरुङले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %