सहायक सिडिओ घर्ती सरको निजामति सेवामा सफल यात्रा

Read Time:3 Minute, 6 Second

राज्य सत्ता प्राप्तीका लागी  निजामति सेवामा प्रबेश गर्नुपर्छ : घर्ती

देब पचभैया
 
पाल्पा, चैत्र ९ – पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्तीले राज्य सत्ता प्राप्तीको लागी आदीबासी जनजातिहरु पनि निजामति सेवामा प्रबेश गर्नुपर्ने बताएका छन ।


 
आदीबासी जनजाती पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको भेटघाट एबं परिचय कार्यक्रममा बोल्दै उनले छोराछोरीलाई पढाउने कुरामा अभिभावकहरु गंभिर भएजस्तै सरकारी सेवामा प्रबेश गाउने सवालमा पनि चनाखो हुनुपर्ने बताए ।

छिमेकी जिल्लाहरु स्याङ्गजा र गुल्मी लोकसेवा आयोगमा बर्चश्व कायम गर्ने जिल्ला भएपनि पाल्पाबाट लोक सेवामा प्रबेश गर्नेहरु थोरै रहेको बताउदै उनले त्यसभित्र पनि पाल्पाका आदीबासी जनजातिहरु एक दुई जना मात्रै लोक सेवामा प्रवेश गर्नु दुखद भएको उनको भनाई छ ।

(आदिबासी जनजाति पाल्पाका पत्रकाहरुसँग सहायक सिडीयो घर्ती)

जिल्ला जिल्लामा पनि आदीबासी जनजाति सम्बद्ध संघ सस्थाहरुले लोकसेवा आयोगका  तयारी कक्षा चलाउने र निजामति सेवाको महत्वको बारेमा उनीहरुलाई जानकारी दिनु आवश्यक भएको उनको भनाई थियो ।  स्थाई सरकारको रुपमा लिईने निजामति सेवामा आर्थिक लाभ कम भएपनि इज्यत र सम्मान बढी भएको घर्तीले बताए । अधिकार प्राप्तीको लागी सबै र सधै चनाखो हुनुपर्नेमा जोड दिदै सबै आदिबासी जनजातिहरु एक भएर अधिकार मागेमात्रै सफलता प्राप्त हुने उनको  भनाई छ । सानैमा धन कमाउने लोभमा प्रदेश पस्नु भन्दा पढेर र सिप सिकेर बिदेश जानेहो भने धेरै आदीबासी जनजाति युवाहरुले आसातिस उदेश्य पुरा गर्ने उनको  सुझाब छ ।
 
गुल्मीको भनभने गाबिसमा जन्मिएका घर्ती २०५६ सालमा  खरिदारपद बाट निजामति सेवामा प्रबेश गरेका हुन । नायब सुब्बा हुदै २०६८ सालमा शाखा अधिकृतको परिक्षा उर्तिण गरेका सहायक प्रजिअ घर्ती भुजेल सेवा समाजका केन्द्रिय उपाध्यक्ष भएर पनि जिम्मेवारी समालेका थिए । जनजाति महासंघ गुल्मीको सल्लाहकार घर्तीले राजनिति शास्त्रमा स्नाकोत्तर उर्तिण गरेका छन  ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %