निश्चल काउचा
रोजगारीको शिलशिलामा दिनहु १५ सय युवा बिदेश भासिन्छन । उसो त त्यसरी नै बिदेश भासिएका लाखौं नेपाली युवाहरुले दैनिक १ अर्ब ५२ करोड रेमित्यान्स नेपाल पठाउछन । अबैधानिक हुण्डी मार्फत पनि त्यतिकै मात्रमा रकम नेपाल भित्रिने गर्छ । दैनिक त्यतिका धेरै रेमित्यान्स भित्रिने गरे पनि ४ प्रतिशत मात्र बचत हुने गरेको छ भने ८२ प्रतिशत रकम त दैनिक उपभोग्य वस्तुमा खर्च गरेको छ भने बाँकी रकम आवास, शिक्षा र स्वास्थ्यमा खर्च हुने गर्छ ।
बिदेश भासिएका प्राय युवाहरुको सपना भनेको कुनै शहरको छेउछाउमा घडेरी किनेर दुई चार तलाको घर बनाउने हुने गर्छ । पछिल्लो समयमा गाउघर छोडेर शहरीकरण हुने तिब्र छ । गाउघरतिरका बारी र खेत दिनानुदिन बाझो हुँदैछन । नेपालमा महंगीले आकाश छोएको छ । नेपाल अलैची बाहेक कुनै पनि खाद्य वस्तुमा आत्मनिर्भर छैन । कोदो देखी फापरसम्म आयात गरेर खान परे पछि नेपाल सरकारका मन्त्री भनाउदाहरुले नेपालको अर्थतन्त्र रेमितयान्सले धानेको छ भनेर नाक फुलाउदै भाषण गर्नुको कुनै तुक छैन ।
गल्फ र मलेसिया पुगेका अधिकाम्स नेपाली युवाहरुको तलव न्युन हुने गर्छ । उनिहरुको तलवले परिवार पाल्न र छोराछोरी पदाउन ठीक्क हुन्छ । अहिले त झन तिनीहरुका श्रीमतीहरु छोराछोरी पदाउने बाहनाना शहर झरे पछि गाउघरमा जमिन बाझो बस्नु र काम गर्न नसक्ने बृद्ध बृद्धा मात्र रहनु अब कुनै नौलो कुरा रहेन ।
युरोप, अमेरिका देखी अष्ट्रेलिया, जापान, कोरिया पुगेका अधिकाम्स नेपालीले हुण्डी मार्फत रकम नेपाल पठाउछन । सरकारी पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बदि रेमित्यान्स मलेसिया, कतार, साउदीबाट भित्रिने गर्छ । विकसित मुलुक र बढि कमाई हुने देशमा पुगेको धाक लगाउने र विभिन्न संस्था खोलेर राजनीति गर्ने नेपालीहरुलाई त्यति पनि हेक्का छैन की हुण्डी मार्फत रकम पठाउदा देशलाई घाटा छ भनेर तर तिनै मान्छेहरुले बिदेशमा हुने बिभिन्न कार्यक्रममा ठुला-ठुला राष्ट्रवादको भाषण छात्न भ्याउछन ।
पछिल्लो समयमा केही भए पनि आसाका किरणहरु देखिदै छन । नेपाल सरकारले रेमिट हाईड्रो बनाउने योजना सञ्चालन गर्ने तयारी गरिरहेको छ । ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माणको लागि रेमिट हाइड्रो योजनामार्फत विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्नेछन् । यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने छन । यस्तै गरी काठमाण्डौ हेटौडा सुरुंग मार्गमा कोरियामा रहेका नेपालीको पनि लगानी छ ।
अबका दिनमा नेपाल सरकारले रेमित्यान्स सहि सदुपयोग गर्न सक्नु पर्छ । रेमिट हाईड्रो जस्तै रेमिट सडक, रेमिट कृषि, रेमिट तुरिज्म, रेमिट स्वास्थ्य, रेमिट शिक्षा जस्ता आकर्षक योजनाहरु ल्यानु पर्छ । बिदेशमा रहेका नेपालीहरु लगानी गर्न तयार छन तर लगानी सुरक्षित हुनु पर्यो । बिदेश रहेका सम्पूर्ण हामी नेपालीहरु एउटै साझा आवाज रहेको छ । बिदेशी भुमीमा तातो रगत पसिना बगाएर कमाएको रेमित्यान्सको सहि सदुपयोग होस । हामी नेपाली कहिलेसम्म बिदेशमा गुलाम गरिरहने र नेपाललाई लेबर फ्याक्ट्री रुपमा कहिलेसम्म चिनाउने के यसको जवाफ नेपाल सरकारसँग छ ?
