रमेश कनौजेमगर
कतार-नेपाल प्रवासी मगर संघ साहनिया एरिया समिति कतारले २०१५ मार्च २० तारिकका दिन दिल कुमार मगरको सभापतित्व तथा कुल बहादुर लुंगेलीमगरको सञ्चालनमा नेपाल प्रवासी मगर संघ, दोहा, कतार केन्द्रिय समितिका का वा अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा, केन्द्रिय समितिका महासचिव रमेश कनौजे मगर, केन्द्रिय सचिव बिजय मगर तथा केन्द्रिय सदस्य तथा नेपाल प्रवासी मगर बचत कोषका कोषाध्यक्ष केशव रानामगरको बिशेष आतिथ्यमा नेपाल प्रवासी मगर संघ साहनिया एरिया समितिको प्रथम भेला सम्पन्न भएको छ ।
उक्त भेलाले पदम थापामगर (पाल्पा)को अध्यक्षतामा १३ सदस्यिय समितिको चयन गरेको छ । उपाध्यक्षमा शेर वहादुर घर्ति मगर (दाङ), सचिवमा कुल बहादुर लुंगेलीमगर (खोटाङ), सहसचिवमा तारा वहादुर क्याप्छाकी मगर (उदयपुर), कोषाध्यक्षमा अमृत मगर (ईलाम), सदस्यहरुमा उदय वहादुर मगर (उदयपुर), दयमलमल मगर (रामेछाप), खुम वहादुर सारुमगर (पाल्पा), गम वहादुर खाम्चा मगर (पाल्पा), टोप कुमार बराममगर (नवलपरासी), कालु राम सारुमगर (पाल्पा), फारम बरालमगर (नवलपरासी) र एक जना रिक्त पदमा आगामी बैठकमा पूर्ति हुने गरी नेपाल प्रवासी मगर संघ, साहनिया एरिया समिति दोहा कतार गठन गरेको छ । भने प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष दिल कुमार मगरलाई उक्त समितिले चयन गरेको छ ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेला कार्यक्रममा मन्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमा चर्चा गर्नुहुँदै साहनिया एरिया समिति शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिएका थिए ।
कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का वा अध्यक्ष महेन्द्र थापामगरले संघको स्थापना काल देखि नै गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, भर्खरै मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्डोैबाट बैदेशिक शाखाका मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिएका थिए । अन्तमा सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए ।
केन्द्रिय समितिका महासचिव रमेश कनौजे मगर, केन्द्रिय सचिव बिजय मगर तथा केन्द्रिय सदस्य तथा नेपाल प्रवासी मगर बचत कोषका कोषाध्यक्ष केशव रानामगर रहेको निर्वाचन समितिले चयन गरेको नयां कार्य समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथी का वा अध्यक्ष महेन्द्र थापामगरले शपथ ग्रहण गराएका थिए । अन्तमा निर्वाचित समितिका अध्यक्षले मन्तव्यमा नयां निर्वाचित सदस्यहरुले भविष्यमा साहनियामा रहेका मगरहरु संग हातेमालो गरी संस्थालाई अगाडी लैजानुपर्ने भन्ने धारणा राखेका थिए ।