गल्याङ बहुमुखी क्यापसमा पत्रकारिता तालिम सम्पन्न

Read Time:4 Minute, 35 Second

विनोद रखाली मगर

गल्याङ, ५ चैत्र – स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ स्थित गल्याङ बहुमुखी क्याम्पस स्थित नेपाल विद्यार्थी सघं गल्याङ बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा दश दिने पत्रकारिता, उद्घोषण एवं नेतृत्व विकास तालिम समापन भयो ।

 

समापन कार्यक्रममा बोल्दै नेपाली काग्रेस महासमिती सदस्य शिवकुमार गीरीले हरेक मानिसमा प्रतिभा हुने भएता पनि त्यसको सहि पहिचानका कारण व्यक्तित्व विकासमा समस्या हुने भएको र अबसर र अभ्यासले मानिसलाई प्रतिभाशाली बनाउने कुरा बताएका थिए । गिरीले युवा विद्यार्थी समाज परिर्वतनको बहाक भएकाले सहि र सफतामा हिड्नका लागि नेपाल विद्यार्थी संघको साथ आवश्यक भएको कुरामा जोड दिएका थिए । मानिसहरुको भविष्य बनाउनको लागी यस्ता तालिमले ठुलो सहयोग पुर्याउने भएकाले यस्ता तालिमबाट बञ्चित नहुन नहुने ताएका थिए ।

(प्रशिक्षक विनोद रखाली मगर सम्मान पत्र ग्रहण गर्दै)

कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सदस्य लक्ष्मण प्रसाद भट्टराई, नेपाली काग्रेसका महाधिवेशन प्रतिनीधी तथा गल्याङ बहुमुखी क्याम्पसका अध्यक्ष लाल गोपाल अर्याल, नेपाल विद्यार्थी सघं केन्द्रीय सदस्य गुरु प्रसाद भट्टराई, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्री,क्षेत्र नम्वर ३ का सभापती धनराज पौडेल, तरुण दलका नेता चन्द राना, नेपाल विद्यार्थी संघका जिल्ला सचिव गुमबहादुर राना, गल्याङ बहुमुखी क्याम्पस प्राध्यापक संघका उपाध्यक्ष नारायण प्रसाद ज्ञवाली,नेपाल तरुण दल क्षेत्र नम्वर ३ का सभापती महेश भट्टराइ भानु भक्त आचार्य उच्च माविका भूत पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कोपिलदेव अधिकारी, तथा प्रशिक्षक स्वतन्त्र पत्रकार सघका केन्द्रिय सदस्य टिकाराम अधिकारी, लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर, सामुदायकि रेडियो आधीखोलाका समाचार प्रमुख तोलाकान्त बगाले,सहभागी पर्वती पाण्डे लगाएतले मन्तव्य राखेका थिए । 

तालिम पौष ७ गते देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा करिब ५० जना विद्यार्थीको सहभागीता रहेको थियो । तालिममा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर , गल्याङ् पोष्ट साप्ताहिकका सम्पादक तिकाराम अधिकारी , आधिँखोला रेडियोका समाचार प्रमुख तोलाकान्त वगाले, एभिन्युज टेलिभिजनका लोकराज भण्डारी, पत्रकार गोपिकृष्ण रेग्मी लगाएतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर लगायतका प्रशिक्षक हरूलाइ दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

नेपाल विद्यार्थी सघं गल्याङ बहुमुखी क्याम्पस इकाइ समिति  सभापती विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल विद्यार्थी सघं इकाइ समिती गल्याङ बहुमुखी क्याम्पसका सचिव गोपिकृष्ण रेग्मीले र सञ्चालन प्रशुन साहित्य सगंमका अध्यक्ष प्रेमनारायण रेग्मीले गरेका थिए ।

फोटो:टिकाराम अधिकारी

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %