कृष्ण सारू मगर
५ चैत्र ,२०७१ काठमाण्डौ- रोजगारीको शिलशिलामा अफगानीस्तान स्थित (Dyn Corp) कंपनीमा कार्यरत नेपालीहरूले एसिड आक्रमणबाट घाइते संगीता पुलामी मगरको सिघ्र स्वास्थ्य लाभको कामनाका साथ १,००,०५५ ने रु (एक लाख ५५ रुपया ) सहयोग रकम संगिताकी अभिभावकलाई ५ चैत्र २०७१ दिन हस्तान्तरण गरेका छन ।
हाल ललितपुर उप-महानगरपालिका बस्ने हरी थापा मगर र ओम थापा मगरको संयुक्त पहलमा धर्म,पुण्य आर्जनका निमित्व, कुनै मठ,मन्दिर, गुम्बा,चर्च,मस्जिद धाई रहनु आवस्यक छैन भन्ने अभियान थालेका हरी थापा मगरले संकलित उक्त रकम सिनामंगल स्थित काठमाडौं मेडिकल कालेज , अस्पतालमा एक कार्यक्रम गरी घाईते पुलामिमगरकी आमा “चमेली पुलामी मगर” लाई सह्योग रकम संकलनमा संयोजक समेत रहेका हरी थापा मगर तथा रूपा मगरले हस्तान्तरण गरेका छन ।
सोही अवसरमा संगिताकी आमाले आफ्नी छोरीलाई सिघ्र सवास्थ्य लाभको कामना गर्दै तन, मन, धन र वचनले सह्योग गर्नु हुने समस्त सहयोगीहरु प्रती आभार व्यक्त गरेको रुपा मगरले राज्यसत्ता डटकमलाई जानकारी दीईन ।