पोखरामा बृहत तमू प्रादेशिक जनसभा सम्पन्न

Read Time:2 Minute, 34 Second

देब पचभैया

काठमाडौं, ४ चैत – पहिचान सहितको संघीय संविधान निर्माणका लागि निरन्तर आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले पोखरामा बृहत जनसभामाको आयोजना गरेको छ ।

जनसभाका प्रमुख अतिथी नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता तथा प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिले चाहेको पहिचान सहितको अधिकार अब बन्ने संविधानमा सुनिश्चित गरिनुपर्ने बताए । उनले भने ‘हामीले हाम्रो पहिचान भाषा, संस्कृति, धर्म, भूमिमाथीको पहिचान खोजेका हौ ।’ पहिचानका मुद्दालाई जातीय राज्यसग जोडेर गलत भ्रम छर्ने काम राज्यबाट भइरहेको भन्दै यस्ता भ्रमहरुलाई चिर्न आन्दोलन गर्न आफुहरु बाध्य भएको प्रवक्ता गुरुङले बताए । प्रवक्ता गुरुङले जनजातिको अधिकारका निम्ती जनजातिका कुनैपनि संघसंस्थाले गर्ने आन्दोलनमा आन्दोलन नेपालको सहकार्य र ऐक्यबद्धता रहने बताए ।

जनसभालाई सम्बोधन गर्दै एनेकपा माओवादीका नेता वर्षामान पुनले आदिवासी जनजातिका उपलब्धीहरु, क्रान्तिका उपलब्धिहरु गुम्ने खतरामा रहेकाले आदिवासी जनजातिको अधिकारका निम्ती बोल्ने प्लेटफर्म चाहिरहेको अवस्थामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको निर्माण भएको बताए । ‘जातीय पहिचान, भाषिक पहिचान, सांस्कृतिक पहिचान आदि स्थापित गर्न आन्दोलन नेपाल स्थापित भएको छ ।’ पुनले भने ।

कार्यक्रममा माओवादी नेता देव गुरुङले पहिचान सहितको संघीय संविधान निर्माणका लागि सम्पूर्ण जनजातिलाई एक भएर जुट्न आग्रह गरे । जनसभामा तमू जातिको संस्कृति झल्कने गीत र नाच प्रस्तुत गरीएको थियो । मौसमको प्रतिकुलताका बाबजुत पनि कार्यक्रममा जनसहभागिता उल्लेख्य रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %