एस.एल.सि परिक्षा अनुगमनको लागी बिधालको चन्दा

Read Time:3 Minute, 44 Second

देब पचभैया

पाल्पा, चैत्र ४ – बिहिबार बाट हुने एस,एल,सि परिक्षा अनुगमनको लागी पाल्पाका १ सय १६ बिधालयले चन्दा दिने भएका छन् । 

बिधार्थी संख्याका आधारमा १५ सय देखि २ हजार सम्म चन्दा स्वरुप रकम दिने निर्णय भएको जनता उच्च माबि तानसेनका प्रअ मेघराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार परिक्षामा सहभागी ५० बिधार्थी भन्दा कम भएकाले १५ सय र ५० भन्दा बढी बिधार्थी भएका बिधालयले २ हजार रकम दिने प्रअ बैठकमै निर्णय भएको हो । परिक्षालाई मर्यादित र प्रभाबकारी बनाउनको लागी आफुहरु अनुगमनको लागी पैसा दिन सहमत भएको बेद उच्च माबि बराङ्गदीका प्रअ डिल्लीराम पाण्डेले जानकारी दिए ।

पाल्पामा परिक्षा अनुगमनको लागी बिगत ५ बर्ष देखि नै यसरी पैसा उठाउने गरिएको उनीहरुले बताएका छन् । पहिले स्रोत केन्द्र बाट पैसा उठाउने गरिएपनि अहिले बिधालय बाटै उठाउने सहमति भएको बिधालयका प्रअहरुको भनाई छ ।

परिक्षा अनुगमनको लागी केन्द्र बाट जम्मा ४० हजार आउने भएकाले बिधालयले गर्ने सहयोगले गाउ केन्द्रित अनुगमनलाई सहयोग पुग्ने जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले बताए । हामीले मागेका होईनौ, उनले भने सहयोग गछौ भनेर दिए भने नगरपालीका र जिबिसको पनि लिन्छौ, तर सहयोग बाट उठेको  पैसाको सही प्रयोग र पारदर्सितालाई ध्यान दिन्छौ । परिक्षा लाई मर्यादित बनाउने नाउमा बिधालयबाट पैसा उठाउने निर्णयलाई भने नागरिक समाजका अगुवाहरुले बिरोध गरेका छन् । बिधालयले दिने भनेपनि घुमाउरो पारामा बिधार्थी बाटै पैसा असुल्ने हो, नागरिक समाज पाल्पाका सहसंयोजक मिनबहादुर केसीले भने पैसा भए अनुगमन गर्ने नभए नगर्ने भन्ने हुदैन । अनुगमनको नाउमा पैसा उठाउनु मिल्दैन ।  

बिहिबार बिहान ८ बजेदेखि १६ गते सम्म चल्ने परिक्षामा पाल्पा बाट ५ हजार ७ सय ९० जनाले परिक्षा दिदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार पाल्पा बाट नियमित तर्फ ४ हजार ६ सय ८ र एक्जामटेड तर्फ १ हजार १ सय ८२ जना बिधार्थी परिक्षामा सहभागी हुने छन् ।  

१ सय १६ बिधालयका बिधार्थी हरुलाई २३ वटा परिक्षा केन्दमा परिक्षा दिने ब्यवस्था मिलाईएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ । ५ हजार ९ सय ५० जनाले परीक्षा फारम भरेपनि  ५ हजार ७ सय ९० जना मात्रै सहभागी हुन लागेका हुन् ।

बिधार्थी मैत्री बाताबरणमा परिक्षा शान्तीपुर्ण रुपमा सम्पन्न गर्नको लागी आफुहरु सक्रिय भएर लागेको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %