निश्चल काउचा
सोल-मार्च १५ तारिक आइतवार नेपाल मगर संघ दक्षिण कोरियाको बिशेष अधिवेशन सोल दोङदेमुन स्थित डी.आर.इन्टरनेशनल इन्टरप्राइजेजमा भब्यताका साथ सम्पन्न भएको छ। निवर्तमान बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरको अध्यक्षता भएको उक्त कार्यक्रममा कोरियामा रहेका मगरहरुको बाक्लो उपस्थिति रहेको थियो । निवर्तमान सचिव अर्जुन थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै मगरहरु एकता , सद्भाव र सत्कर्मको निम्ति एकजुट भएर लाग्नु पर्ने बताए ।
दोस्रो चरणको बन्द सत्रमा निवर्तमान महासचिव सि.पी.मगरले संघको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष मनु रोका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा बरिष्ठ सल्लाहकार हेम थापा मगरको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । जसमा झक थापा मगर,खड्ग पुन मगर,याम श्रीस मगर र बलराम पुन मगर सदस्य रहनुभएको अध्यक्ष मण्डलको सिफारिसमा सर्व सम्मत रुपमा रिक्त पद पछि पूर्ति हुने गरि २१ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
नयाँ कार्य समितिलाइ निवर्तमान अध्यक्ष पुरन राना मगरले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम संचालन निवर्तमान महासचिव सिपी मगरले गरेका थिए ।
नव निर्वाचित कार्य समिति
अध्यक्ष-खड्ग थापा मगर -गोरखा
बरिष्ठ-उपाध्यक्ष-हिक्मत पुलामी मगर -बाग्लुंग
उपाध्यक्ष-बिक्रम राना मगर- स्यांङजा
महासचिव-सुब्बा राना मगर- धादिङ्ग
सचिव-किरण थापा मगर- ललितपुर
कोषाध्यक्ष-मन प्रसाद रोकामगर- म्याग्दी
सह-कोषाध्यक्षशुशिला थापा मगर- गोरखा रहेका छन् ।
सदस्यहरू:
बिनोद थापा मगर तनहुँ
लोक बहादुर पून -पर्बत
राम चन्द्र थापा- मगर
उषा थापा मगर- झापा
लोक ब. राना मगर -महोत्तरी
भिम आले मगर -गोरखा
जगत खाम्चा मगर- रुपन्देही
प्रेम पून -कास्की
ललित थापा मगर- तनहुँ
माया गर्बुजा- रुपन्देही
रमेश लुङ्गेली मगर -भोजपुर र
सबिना पून मर -म्याग्दी रहेका छन् ।
