गल्ती गर्ने बिधालय र अभिभावक दुख पाउने बिधार्थी !

Read Time:1 Minute, 37 Second

१ सय ६० बिधार्थी एस,एल,सि परिक्षा बाट बन्चित

देब पचभैया

पाल्पा, चैत्र ३ – पाल्पामा यस बर्ष १ सय ६० जना बिधार्थीले  एस,एल,सि को  परिक्षा दिन नपाउने भएका छन् ।

अभिभावक र बिधालयको गल्तीले बिधार्थीले दुख पाएका हुन् । परिक्षा शुल्क नर्तिदा र हाजिरी नपुगेकोले उनीहरु परिक्षा दिन बाट बन्चित भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी  दिएको छ । शिक्षा नियमावलीमा भएको बिधार्थीको बिधालयमा ७५ प्रतिशत हाजिरी हुनुपर्ने र परिक्षा शुल्क ५०० रुपिया तिर्नुपर्ने नियम छ ।

५ हजार ९ सय ५० जनाले एस,एल,सिको परीक्षा फारम भरेकोमा ५ हजार ७ सय ९० जनाले मात्रै परिक्षा दिने जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशमलाल न्यौपानेले जानकारी दिए । आगामी ५ गते बाट हुने परिक्षामा पाल्पा बाट नियमित तर्फ ४ हजार ६ सय ८ र एक्जामटेड तर्फ १ हजार १ सय ८२ जना सहभागी हुदैछन्

। पाल्पाका १ सय १६ बिधालयका बिधार्थी सहभागी हुने परिक्षामा २३ वटा परिक्षा केन्द्र तोकिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %