विनोद रखाली मगर
गल्याङ् , फाल्गुन ३० – गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालय जगत्रदेवि – ८, गल्याङ्मा प्रवेशिका परीक्षा समुह कक्षा १० लाई कक्षा ९ ले एक कार्यक्रमका विच विदाई गरेको छ ।
विदाई समारोहमा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार चन्द्रवहादुर रखाली मगरले प्रवेशिका परीक्षाको सफलताको शुभकामना दिदै विद्यार्थीको आगामी शैक्षिक प्रगतिको कामना गरे ।
कार्यक्रममा विद्यालयका उपाध्यक्ष नरवहादुर गुरुङ्, कोषाध्यक्ष सुवेदार यौवहादुर राना मगर , विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगर , शिक्षक विनोद रखाली मगर , शिक्षक झविन्द्र पाण्डे , शिक्षक लक्ष्मण भूषाल , शिक्षक खेम प्रसाद भट्टराई , शिक्षिका पुर्णकला भण्डारी लगाएतले प्रवेशिका परीक्षा विद्यार्थीका लागी उच्च शिक्षाको प्रवेश द्धार रहेको उद्धघोष गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कक्षा ९ द्धारा कक्षा १० लाई र कक्षा १० द्धारा कक्षा ९ लाई तथा विद्यालय परीवार, शिक्षक वर्गलाई मायाको चिनो प्रदान गरीएको थियो । कक्षा ९ का विद्यार्थी राधा भट्टराईको स्वागत सङ्गै सुरु कार्यक्रमको सन्चालन कक्षा ९ का विद्यार्थी कविता सारु मगर र विशाल सोमै मगरले गरेका थिए । सुरज राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सविना थापा मगरले धन्यवाद मन्तव्य राखेकी थिइन् ।
