कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या किन बढ्दै छ ?

Read Time:4 Minute, 54 Second

निश्चल काउचा

सोल-सन २००७ को जुलाई २३ मा मन्त्रीस्तरमा समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेपालमा रोगगार अनुमति प्रणाली (ईपिएस) लागू भएको हो । यो प्रणाली लागु भए पछि हालसम्म झण्डै २७ हजार नेपाली कामदार कोरिया आई पुगी सकेका छन । मासिक एक लाख भन्दा बढी कमाई हुने हुदा नेपाली युवा माझ कोरिया आकर्षक गन्तव्यको रुपमा परिचित छ तर पछिल्लो समयमा कोरिया आएर ज्यान गुमाउनेको संख्या पनि बदी रहेको छ । दुई दिन अघि मात्र मोरङ बेलबारी गोठगाँउ का २३ वर्षिय सुरेश नेपालले झुण्डिएर आत्महत्या गरे भने अघिल्लो महिना मात्र झापा धुलाबारी ६ का छबिलाल भण्डारी र खोटाङ मौवाबोट ३ का जयकुमार राईले झुण्डिएर आत्महत्या गरेका थिए । सन् २०१४ मा ८ जना नेपालीले ज्यान गुमाएका थिए । जसमा २ जनाले आत्महत्या गरेका थिए । सन २००७ नेपाली दुताबास स्थापना भए देखी हालसम्म ७३ जना नेपालीले ज्यान गुमाई सकेका छन । जस मध्य आत्महत्या गर्नेको संख्या २७ पुगेको छ । कोरियामा नेपाली राजदुताबास स्थापना हुनु अघि कति जनाले ज्यान गुमाए भनेर कतै यकिन तथ्याङ्क छैन ।
नेपाली दुतावासले मृत्युका कारण बारे अध्ययन गर्न २०१२ सेप्टेम्बरमा कोरियन नागरिक पार्किसोन अध्यक्षतामा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । जसमा कोरियन नागरिक पार्किसोन, डा देवी बस्नेत, कृष्ण राई, अशोक मैनाली र अर्का कोरियन नागरिक पार्क बोकी रहेका थिए । उक्त समितिले नेपाली कामदारको मृत्यु हुनु कारणलाई दुई प्रकृतिमा बिभाजन गर्दै झैँ झगडा, कालगति र औधोगिक दुर्घटनाबाट भएको मृत्युलाई कारण खुलेको र सुतेको अवस्थामा हुने मृत्युलाइ असाधारण वा खुल्न नसकेको मृत्युका रुपमा उल्लेख गर्दै २०१३ डिसेम्बरमा आफ्नो प्रतिबेदन नेपाली दुतावासलाइ बुझाएको थियो ।
अध्ययन समितिका सदस्य कृष्ण राईका अनुसार ईपिएस प्रणाली मार्फत कोरिया आउने कामदारहरु मझौला तथा साना कारखाना भनिए पनि प्राय कामदारहरु साना कारखानामा ल्याइन्छ र त्यस्ता कम्पनीमा काम लगाउने कोरियन टिम लिडर त्यति पढे लेखेका पनि नहुने हुँदा बिदेशी कामदारलाई नराम्रो व्यबहार गर्ने, नेपालबाट आउँदा भाषा सिकेर आए पनि नेपालमा भाषा सिकाउदा निकै शिष्ट र हाई लेवलका भाषा सिकाईन्छ जुन भाषा कम्पनीमा काम गर्दा बोलिदैन जस्ले गर्द भाषाको समस्या, कामदारहरु सानो कोठामा धेरै जना बस्नु पर्ने, फरक-फरक देशको बस्नु पर्ने, धेरै देशका कामदार भएको कम्पनीमा पनि किचन एउटै चलाउनु पर्ने बाध्यताहरुले गर्दा पनि आत्महत्या गर्नेको संख्या बढिरहेको बताए । अध्ययन समितिले नेपाली दुताबासलाई प्रतिवेदन बुझाए पनि आत्महत्या न्युनिकरण गर्न दुतावास र कोरियामा रहेका बिभिन्न क्रियाशील संस्थाहरुले चासो नदेखाएको पनि औल्याए ।
उसो त प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राईले नेपालबाट जुन कुरा सोचेर कोरिया आएका हुन्छ, तर कोरिया आईसके पछि यहाँको एकदमै भिन्न बातावरण काम गर्नु पर्ने हुन्छ । कोरियाको काम भनेको थ्री डि डर्टी, डेन्जर र डिफिकल्ट नै हो । त्यसकारण नेपालबाट आउँदा बलियो मनस्थिती बनाएर आउन सुझाब दिए । ईपिएस लागु भएका अन्य १५ देशको तुलनामा आत्महत्या गर्नेको संख्या नेपालीको उच्च रहेको पनि जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %