मगर विद्यार्थीद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

Read Time:2 Minute, 15 Second

देविका घर्ती मगर

दाङ, फाल्गुन २७ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले घोराही नगरपालिका–९ तेरौटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ ।
बुधवार(फागुन २७ गते) परेको मगर विद्यार्थी संघको २० औं स्थापना दिवसका अवसरमा मगर विद्याथीहरुले वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी १८ जना वृद्धवृद्धारुलाई फलफुल वितरण गरेका हुन । नेपाल मगर विद्यार्थी संघ दाङकी अध्यक्ष शर्मिला रोकामगरको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय सचिव देविका घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीहरुले मगर विद्यार्थीले शैक्षिक मुद्दासँगै रचनात्मक कार्यलाई पनि निरन्तरता दिँदै आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
उनीहरुले जेष्ठ नागरिकलार्ई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै युवापुस्तावनट नै वृद्धवृद्धाहरुलाई उचित व्यवहार गरेर अरुलाइ पनि सिकाउनुपर्ने बताएका थिए । त्यस अवसरमा नेपाल मगर संघ दाङका सल्लाहकारहरु तुलसीराम रानामगर, कैलाश रोकामगर, दिपक थापामगर, फोनिज दाङका पुर्व अध्यक्ष जेएन सागर, मगर विद्यार्थी संघका केन्द्रिय सदस्य जुनु बुढामगर लगाएतले आफ्नो धारणा राखेका थिए । संघका उपाध्यक्ष रिदम पुनमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सह–सचिव कमल थापा मगरले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %