देब पचभैया
पाल्पा, फागुन २० – झण्डै १४ महिना पाल्पामा रही सरुवा भएर काठमाण्डौ जान लागेका प्रहरी नायब उपरिक्षक शिव कुमार श्रेष्ठले आफु पाल्पामा रहदा एेन कानुनले दिएको अधिकार प्रयोग गरेर बिधिको सासनलाई टेवा पुर्याउने प्रयास गरेको बताएका छन ।
पत्रकार महासंघ पाल्पाले बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले काम गर्ने क्रममा ठुला बडा मान्छेहरुले धेरै दबाब दिने प्रयास गरेपनि आफु कानुन बाहिर नगई बिधिको सासन लागु गर्न सधै सक्रिय भएको बताए ।
पाल्पामा प्रहरीले गर्नु पर्ने धेरै कामहरु अझै बाकी रहेको भन्दै सडक दुर्घटना, लागु औषधको समस्या, आत्म हत्या, महिला हिंसा लगाएतको समस्या समाधान गर्न सबै पक्षहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याललको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्माले सानालाई एैन र ठुलालाई चैन भन्ने भावनालाई तोडेर निश्पिक्ष ब्यवहार गरेर प्रहरी प्रमुख शिब कुमार श्रेष्ठले जिल्लाको शान्ती सुरक्षालाई मजबुद राख्न सफल भएको बताए । टेक नारायण भट्राईको स्वागत र किरण कौशलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
