नेपाल प्रवासी मगर संघ,सनैया “बि” एरिया समिति दोहा कतारले भलिवल प्रतियोगिता आयोजना गर्ने

Read Time:1 Minute, 35 Second

बिजय मगर,दोहा कतार
३ मार्च २०१५
नेपाली हिन्दूहरुको महान चाड फाल्गु पूर्णिमा २०७१ को सु—अवसरमा मिति — ०५ ̸̸ ०३ ̸ २०१५ को बेलुकी ८ वजे देखी सनैया ४५ नं.स्ट्रिट स्थित अनाबिव कं.को खेल मैदानमा नेपाल प्रवासी मगर संघ,सनैया “बि” एरिया समितिका अध्यक्ष बाबुराम थापामगरको संयोजकत्वमा खुल्ला भलिवल प्रतियोगिता २०१५ हुन गईरहेको सचिव सृजन थापामगरले बताए ।

उक्त खेलमा बिजेता हुने टिमलाई प्रथम पुरस्कार घोर्ले खसी र प्रमाण पत्र, द्धितिय पुरस्कार घोर्ले खसी र प्रमाण पत्र प्रदान गरिने सचिव सृजन थापामगरले बताए। यस खुल्ला भलिवल प्रतियोगिता सफल पार्नका लागी नेपाल प्रवासी मगर संघ,दोहा कतार (केन्द्रिय समिति) तथा यस संस्थाको मातहतमा रहेका ७ वटा एरिया समितिहरुले पनि पूर्ण सहयोग पु¥याउने जानकारी दिए ।

खेलमा सहभागी जनाउनका लागी निम्न लिखित ब्यक्तिको नं.हरुमा संम्पर्क गर्न सकिने छ । संम्पर्क नं.हरु सृजन थापा मगर(७०२१४९२९), हेम बगाले मगर(३३४६३०७५), बाबुराम थापामगर(७४७६८६०७), धन ब. सारुमगर)७७०४२७७२), यम थापा (३०६५०४५७) ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %