रूद्र श्रीसमगर
पोखरा, १८ फागुन
नेकपा–माओवादी कास्की क्षेत्र नं. ३ को आइतबार सम्पन्न बैठकले कार्यविभाजन गरेको छ ।
जस अन्तर्गत पोखरा उपमहानगरपालिका वडा नं. ९, ८, ४, १७, ६, ७, ५ का सेक्रेटरीहरूमा क्रमशः समीर थापा, संगम मरासिनी, मन्त्रीराज उलक, टिकाराम पौडेल, प्रकाश नेपाली, मुम्ताज अलि मियाँ, माधव पोखरेल रहेका छन । त्यस्तै, बैठकले पुम्दीभुम्दीमा अनिल कुँवर र प्रकाश बराल, भरतपोखरीमा चट्टान, निर्मलपोखरी र कृस्तिमा नवीनलाई सेक्रेटरीको जिम्मेवारी दिईएको छ ।
राष्ट्रिय जनस्वयंसेवक क्षेत्र नं. ३ को जिम्मेवारी चट्टानले पाएका छन भने बैठकले सोमबारदेखि पार्टीद्वारा घोषित ‘मेची–महाकाली राष्ट्रिय अभियान’लाई सुरु गर्ने बताएको छ ।
बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, कास्की जिल्ला सेक्रेटरी अशोक छन्त्याल ‘अर्जुन’ र सह–सेक्रेटरी सूर्य खड्का ‘आलोक’ले पार्टीको भावी रणनीतिबारे दिशा निर्देश गर्ने क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’ले जानकारी दिए ।
