अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहु सांस्कृतिक महोत्सब पाको फेस्टामा नेपाल

Read Time:4 Minute, 40 Second
 राम कुमार श्रेष्ठ ,
२८ फेब्रुअरी, २०१५ जिलोङ अस्ट्रेलिया
बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका जातीय संस्था र संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको महोत्सबको ३३ औं बार्षिकी भब्यताका साथ मनाएको छ । जिलोङ नेपालीज एशोसियशनको सकृयतामा जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहे तापनि यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई नेपालको प्रबर्द्धन प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भनी गरिएको अनुरोध अनुरुप २०१३ मा पहिलो पटक सहभागी भएर नेपाली सहभागिताको थालनी गरिएको यो महोत्सबमा वरिपरिका शहरबाट  नेपालीहरु आएर सहभागी हुँदै यो तेश्रो बर्ष पनि कार्यक्रममा नेपाली समुदायले सहभागिता जनाएर नेपालको प्रबर्द्धन गर्ने काम गरे । सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम भयो । अस्ट्रेलियाको भिक्टोरिया राज्यका मुख्य मन्त्री डानियल आन्ड्र्यू (Premier of Victoria Daniel Andrews) ले नेपाली समुदायसंग भेट गरी संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठसंगको कुराकानीका क्रममा अस्ट्रेलियाकै ठुलो मानिने यस बहु सांस्कृतिक महोत्सबमा नेपाली समुदायको यस किसिमको सकृय सहभागितामा खुशी ब्यक्त गर्दै धन्यवाद   दिए  । 
गत बर्षको पाको फेस्टामा सम्रिय रुपमा भाग लिने मोस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरण, जोन योन्जन, मधेसी कम्युनिटी इन भिक्टोरिया, परिभाषा श्रेष्ठलाई र लुम्बिनी-कपिलवस्तु दिवस अभियानका लागि बिद्यार्थी दूतका रुपमा नियुक्त गरिनु भएकी आर्य पोखरेललाई अस्ट्रेलियाका पूर्व मन्त्री रिचार्ड मार्ल्स (Richard Marles), भिक्टोरिया राज्यका लागि जिलोग हेर्ने सांसद क्रिस्टिन कोउजिन्स ( Christine Couzens ) र ग्रेतर जिलोङका काउन्सिलर एड्डी कोन्टेल्ज (Eddy Kontelj) ले ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएका थिए । 
 
गैरी खेतको सिरै हान्यो गीतको बोलमा निशा राजभन्डारीले र चिया बारीमा गीतको बोलमा नेपाली बोल्न नजान्ने स-साना ग्रेस शेर्पा मापलेसन र स्कारलेट शेर्पा मापलेसन (Grace Sherpa Mapleson, Scarlett Sherpa Mapleson) ले नाच प्रस्तुत गरेका थिए ।  
पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत पाँच बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ । कार्यक्रममा पूर्व सांसद केशब नेपालको पनि सहभागिता थियो ।    

      
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %