बानेश्वरमा यसरी भयो झडप – फोटो फिचर सहित अप्डेट

Read Time:2 Minute, 15 Second

राज्यसत्ता,

(स्रोत: राष्ट्रिय जनमुक्ति पार्टी अन्तराष्ट्रिय मंचको फेसबुक)

काठमाडौ, फाल्गुन १६ – राष्ट्रिय जनमुक्तिपार्टी सहितको शक्ति प्रदर्शनको एउटा मोर्चा तिनकुनेबाट सुरु भएको थियो । हजारौंको जुलुस तिनकुनेबाट सुरु भएर नयाँ बानेश्वर पुग्यो ।

 

  नयाँ बानेश्वरमा संविधानसभा भवन अगाडीको राजमार्गलाई निषेधित क्षेत्र तोकेर प्रहरी तैनाथ गरिएको थियो । करिव साढे १२ बजे पुगेको जुलुसले राजमार्गबाट अगाडी बढ्न पाउनु पर्ने अडान लियो । तीनकुनेबाट जुलुसको नेतृत्य एमाओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए । जुलुसको आकारका कारण संविधानसभा भवन पश्चिमको गल्लीबाट लैजाने सकिने अवस्था पनि थिएन ।

 

त्यही बेला सभाभवनको अगाडि राजमार्गको बायाँबाट जुलुस लैजाने सहमति भएको कुरा आयो । त्यस क्षेत्रबाट प्रहरी पछि हट्यो । तर, जुलुसको आकारका कारण पनि त्यहाँबाट मात्र लैजान संभव थिएन । राजमार्ग बीचको प्रहरी पनि पछि हटे । जुलुस अघि बढ्यो जुलुसअघि बढेको केही क्षणमै प्रहरीले लाठी चार्ज गरे । प्रदर्शनकारीले पनि झण्डा उनिएको भाटाले प्रतिवाद गरे ।

 

 

त्यसपछि प्रहरीको लाठी प्रहर र अश्रुग्याँस प्रहर सुरु भयो । एक दर्जनभन्दा धेरै अश्रुग्याँसका सेल प्रहार गरियो । प्रदर्शनकारी खेद्दै संविधानसभाको पश्चिम गल्लीमा पसेको प्रहरीलाई प्रदर्शनकारीले कुटे ।

 

प्रहरीले मिनभवनस्थित सिभिल अस्पतालको छेउसम्म अश्रुग्याँस प्रहर गर्दा बाटो हिड्ने सर्वसाधारणहरु समेत मारमा परेको कान्तिपुरले समचार छापेको छ ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %