विनोद रखाली मगर
गल्याङ्, फागुन १५-देशै भरका मगर समुदायले शुक्रवार ३३ औं मगर दिवश धुमधामका साथ मनाएका छन् ।

नेपाल मगर संघको स्थापना दिवशको स्मरण गर्दै नेपाल मगर संघले स्वदेश तथा विदेशमा मगर दिवश तथा फागुन १५ मनाएको हो । स्याङ्जाको गल्याङ्मा पनि नेपाल मगर संघ गल्याङ् इकाई समितिको आयोजनामा मगर दिवश मनाइएको छ । “इतिहास भाषा कला सस्कांर र सस्कृंती सम्व्रधन, मगरहरुको मुल मन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको सघींय लोकतान्त्रिक गणतन्त्र ”भन्ने उद्धघोषका साथ गल्याङ्मा मगर दिवशको उद्धघाटन गर्दै नेपाल मगर संघ स्याङ्जा जिल्ला समितिका सचिव तथा आदिवासी जनजाती अगुवा लोकेन्द्र तराँमु मगरले जातिय पहिचान सहितको सविंधान नआए आन्दोलनको आधिँवेरी सृजना हुने चेतावनी दिए । तराँमु मगरले मगर समुदायले आफ्नो मौलिक पहिचानको कुरा गर्दा केहि राजनितिक पार्टीले कसिङ्गर वनाएको भन्दै आन्दोलन रहर नभई वाध्यता रहेको वताए ।
उनले मगँरात स्वायत्त प्रदेश मगर समुदायको आदिभुमी रहेकाले मगरहरुले आफ्नो भुमी राज्य संग माग गरेको वताउदै अन्य समुदाय र केहि राजनितिक पार्टीलाई भम्रको खेति नगर्न आग्रह गरे । दिवशकै अवशरमा नेपाल मगर संघ स्याङ्जाका पूर्व सचिव तिर्थ कुमार थापा मगर , पूर्व कोषाध्यक्ष विनोद राना मगर , स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठ, सघंका सल्लाहकार तथा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय मार्नाथ सदस्य नर वहादुर राना मगर , भू.पू. सैनिक विकाश तथा कल्याणकारी संघ क्षेत्र न. ३ का अध्यक्ष सुवेदार चन्द्र वहादुर रखाली मगर , निवुवाखर्क गाविसका पूर्व अध्यक्ष प्रकाश थापा मगर , नेपाल मगर संघ स्याङ्जा काठमाडौं समन्वय समितिका अध्यक्ष इश्वर राना मगर , नेपाल मगर महिला संघ क्षेत्र न. ३ का सयोंजक कृष्णमाया राना मगर , समाजसेवि लाल वहादुर राना मगर , स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ् इकाई समितीका अध्यक्ष लेखनाथ भट्टराई , नेवा समाज गल्याङ्का अध्यक्ष गगां प्रसाद श्रेष्ठ, युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएतले वोलेका थिए ।
गल्याङ्मा मगर दिवशको अवशरमा प्रत्येक वर्ष गरिदै आएको मगर दिवश विशेष कार्यक्रममा गल्याङ् क्षेत्र आसपासका लाङ्घाली युवा क्लव गल्कोट, फेर्च नमखान आमा समुह भाटी, सगरमाथा युवा क्लव खुसीलो , गराङ्दी, खुसिलो मगर समुह, सहारा युवा क्लव ग्वादी , मगर युवा संघ , मगर वौद्ध सेवा समाज, लगाएतको व्यानर , झाँकी , सालैजो, लगाएतका सास्ंकृतीक प्रस्तुती सहित वाक्लो सङ्ख्यामा तल्लो गल्याङ् देखि वजार परीक्रमा गरीएको थियो । कार्यक्रममा सहारा क्लव ग्वादीको नचरी नाचले दर्शकको मन जितेको थियो । पोखरा देखि लोकदोहोरी कलाकार पदम थापा मगर समुहको प्रस्तुतीले सहभागीहरु छमछमी नाचेका थिए । स्थानीय कलाकारहरुले मगर भाषा कला सस्कृंती झल्कने विभिन्न सास्कृंतीक प्रस्तुती राखेका थिए । नेपाल मगर संघ गल्याङ्को सभाहलमा सम्पन्न कार्यक्रमको संघका सचिव मुक्तिश्वर राना मगरको स्वागत, मगर युवा संघका निवर्तमान अध्यक्ष डोल थापा मगरले सन्चालन गरेका थिए । नेपाल मगर संघ गल्याङ् इकाईका अध्यक्ष जैसिङ् राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण थापा मगरले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए । ३३ औं मगर दिवशको अवशरमा स्याङ्जाको स्याङ्जा वजार , वालिङ् वजार लगाएत जिल्लाका विभिन्न क्षेत्रका मगर संघ सस्थांले विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मगर दिवश मनाएका छन् ।
यसैबीच नेपाल मगर संघ कास्कीले पनि विविध कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको उद्घान गर्दै प्रमुख अतिथि संविधान सभाका सदस्य बृन्दा राना मगरले मगर जातिको समृद्धिका लागि मुलुककै सर्वश्रेष्ठ व्यक्ति मगर समुदायबाट उदाउन जरुरी रहेको बताइन । रानाले ‘हामी आफै शक्तिशाली भयौं भने कसैले हेप्न र दवाउन सक्दैन अनि मात्र हाम्रा जायज मागको सम्बोधन हुनेछ ।’संविधान निर्माणको सन्दर्भमा माघ ८ गते नयाँ संविधान जारी गर्न नसकेपनि जनता हतास हुनुपर्ने अवस्था नभएको सहमतिमा नै संविधान जारी गर्ने पार्टीको निर्णय भएकोले अब छिट्टै समावेसी, समानुपातिक र सम्पूर्ण नेपालीहरुलाई अपनत्व हुने खालको संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरीन् ।नेपाल मगर संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष भीम पुन मगरले आदिवासी जनजातिमाथि विगतदेखि नै विभेदपूर्ण व्यावहार गरेको र राज्यसत्ताको पहुँचबाट टाढा गर्ने षड्यन्त्र भइरहेको बताए ।

यसैगरी केन्द्रिय सदस्य झलक बहादुर राना मगरले फागुन १५ ले मगर जातिको एकताको लागि आह्वान गर्ने र जातीय उत्थानका लागि अग्रसर हुन दिशा निर्देश गर्ने जनाए । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेलले आदिवासी जनजातिहरुले आफ्नो अधिकार प्राप्तिका लागि एकजुट भई आन्दोलन गर्नुपर्ने बेला आएको बताउँदै फागुन १६ गते काठमाडौंको टुडिखेलमा हुने आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा नेपाल मगर संघ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापा मगर, गेसो पश्चिमाञ्चलका अध्यक्ष हर्कबहादुर पहरे पुनमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय प्रचार प्रमुख फरेन्द्र थापा मगर, थकाली सेवा समितिका अध्यक्ष अमर तुलाचन, ह्योल्मो समाज कास्कीका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो, पञ्चकोशी डाँडाखर्क समाजका अध्यक्ष लालप्रसाद तमु, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा कास्की जिल्लाका एम वि वि एस डाक्टर शुसान्त थापा मगर, बि एस् सी नर्स युरिका थापा मगर, नर्स सन्दिपा थापा मगर, इन्जिनियर विष्णुप्रसाद थापा मगर, सार्जन दिलप्रसाद पुन मगरलाई सम्मान गरिएको थियो । यसैगरी पूर्व इकाइ अध्यक्ष छोरेपाटन समितिका विनोद थापा मगर र तालचोक इकाइ समितिका चन्द्रबहादुर थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।कार्यक्रमको उद्घाटन अघि चिप्लेढुङ्गाबाट र्याली निकालिएको थियो ।
बिहान ११ बजे शुरु भएको र्याली भीमसेनचोक, नयाँबजार, लखनचोक, चाइना चोक हुँदै मगर संघको भवन (रङ्गशाला गेट) पुगी सभामा परिणत भएको थियो । र्यालीमा कास्की जिल्ला भरिका ३४ इकाइ समितिले मगरहरुको मौलिक पहिचान सहितको झाँकी प्रदर्शन गरेका थिए ।झाँकी सहितको र्यालीमा सहभागी इकाइ समितिलाई प्रतिस्पर्धाको आधारमा विभिन्न विधामा पुरस्कृत समेत गरिएको थियो । भेषभुषमा बुढिबजार इकाइ समिति, झाँकीमा नयाँबजार इकाइ समिति, संख्यात्मक सहभागितामा ढुंगेपाटन इकाइ समिति उत्कृष्ठ हुन सफल भए भने सबै विधामा रामबजार इकाइ समिति सर्वोत्कृष्ठ हुन सफल भएको थियो । झाकीमा सहभागी सम्पूर्ण इकाइ समितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न इकाइ समितिबाट सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।यसैगरी नेपाल मगर संघ केन्द्रिय समितिले पनि स्थापना दिवसको अवसरमा काठमाडौं टुडिखेलमा भव्य समारहेको आयोजना गरेको थियो ।
कार्यक्रममा देशैभरिका मगर संघसंस्थाहरुले सहभागिता जनाएका थिए । देश तथा विदेशमा रहेका मगरहरुले फागुन १५ गते आफ्नो स्थापना दिवस भव्यताका साथ मनाइदै आइरहेको छ ।
