प्रचण्डजी शान्तिको नेता बन्नुपर्छ–महामन्त्री सिटौंला

Read Time:3 Minute, 29 Second

देशमा चारमहिना भित्रमा संविधान आउँछ

देब पचभैया

पाल्पा, फागुन १५ – नेपाली काग्रेका महामन्त्री कृष्ण सिटौलाले हिंशाको भन्दा शान्तीको नेता बन्न एमाओबादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन ।

  आन्दोलनका नाममा एकिकृत माओवादीले हिंसाजन्य घटना घटाएमा सम्पूर्ण नेताहरु र सिंङ्गो एमाओवादीलाई नै क्षती हुने नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

विगतमा एमाओवादीले महाभूल गरेकोले प्रचण्डलाई हिंसाको नेता नबनी शान्तीको नेता बन्न महामन्त्री सिटौलाले आग्रह गरेकाछन् ।    

नेपाल प्रेस युनियन पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले नेपालमा बन्दुक खेलाउने जंगल र षड्यन्त्रका कोठीहरु नभएको बताए । उनले भने, ‘अन्तरीम संविधान र संविधानसभा नियमावली सर्वसम्मतीले बनाएको हुनाले यसबाट एमाओवादी परनहट्ने छैन, त्यसैले अबको ४ महिनाभीत्रमा देशले जसरी पनि संविधान पाउँछ ।’ पत्रकारहरुको जिज्ञाशामा जवाफ दिँदै सिटौलाले भने, संविधानसभामा तरवार छ भन्नु दृष्टिदोष हो, फूलैफूलको माला भएको ठाउँलाई देख्न र चिन्न सक्नुपर्छ । दोस्रो संविधानसभाले जसरी पनि संविधान दिनुपर्छ भन्नेमा कांग्रेस पूर्ण प्रतिबद्ध छ कांग्रेस महामन्त्री सिटौलाले भने ।

नोपली कांग्रेस एमाओवादीलाई छोड्न चाहँदैन । राजनीतिक दलहरु मिलेर जनताको अधिकार खोस्न पाईदैन, बरु अधिकार दिन पाइन्छ । गतिशिल संविधान निर्माण गर्न कार्यविधी बनाएका हौं । पवित्र धार्मीक ग्रन्थहरु गीता, बाईबल, कुरान जस्तो परिवर्तन गर्नै नमिल्ने संविधान जारी हुने नभएकोले एकदुई कुराहरुमा तँत मम गर्नुनपर्ने समेत सिटौलाले बताए । हामीहरुले पर्खेर बसेका छौं, जनताको मतभन्दा ठूलो केही हुँदैन उनको जोड थियो ।

 प्रतातन्त्रकालागि प्रेस स्वतन्त्र हुन जरुरी रहेकोले स्वतन्त्र र सक्षम प्रेसकालागि सम्पूर्ण पत्रकारहरुलाई एकजुट हुनपर्ने महमन्त्री सिटौलाले बताएका थिए । पूर्व गृहमन्त्री समेत रहेका सिटौलालाई नेपाल प्रेस युनियन पाल्पा शाखाले ढाका टोपी लगाएर सम्मान गरेको थियो ।

कार्यक्रम शाखा सचिव मुक्तिप्रसाद न्यौपाने सञ्चालन र शाखाका संस्थापक सभापति झपेन्द्र गहिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %