गोविन्द घर्ती
देवदह रुपन्देही फागुन १५ । दोश्रो संविधानसभाबाट जसरी पनि संघिय लोकतान्त्रिक संविधान जारी हुने भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले बताए । मन्त्री रानाले जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै सबै जात जातिलाई अधिकार सम्पन्न बनाउने किसिमको संविधान जारी हुने बताएका हुन । सुकुम्बासी समस्या समाधान गर्न आफुले खोजे पनि राजनैतिक खिचातानीका कारण सुकुम्वासी आयोगले काम गर्न नपाएको मन्त्री रानाको भनाइ थियो ।
सुकुम्वासी आयोग सरकार ढले संगै हट्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्वासीहरुले जग्गाको लालपुर्जा पाउन नसकेको रानाले बताए । अहिले बनेको सुकुम्बासी समस्या समाधान अयोगले काम गर्न पाउने हो भने आगामी २ बर्ष भित्रमा सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतका समस्या पूर्ण समस्या समाधान हुने मन्त्री रानाले दावी गरे । ३३औ मगर स्थापना दिवस (फागुन–१५) को अवसरमा नेपाल मगर संघ देवदह नगर समितिले देवदहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रानाले उक्त कुरा बताएका हुन । मन्त्री रानाले नीति नियम बनाउने र कार्यान्वयन गर्ने तहमा मगर समुदायको सहभागिता हुनु पर्नेमा जोड दिए ।
युवाहरु बैदेशिक रोजगारमा हाईन अव स्वदेशमै वसी उत्पादनका काममा मगर संघ तथा सबै नागरिक लाग्नु पर्ने रानाले बताए । सोहि अवसरमा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले नेपालमा बोलिने मातृभाषालाई राष्ट्रिय भाषाको रुपमा मान्य दिनु पर्नेमा जोड दिए । विरकट्टाले मगरहरुको पहिचान अव बन्ने संविधान ग्यारेन्टी हुनु पर्नेमा जोड दिए । नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरे, नेपाली कांग्रेसका महासमिति सदस्य मणिप्रसाद शर्मा, नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य धु्रव खरेल, एनेकपा माओवादी रुपन्देहीका जिल्ला सदस्य टिका गौतम, नेकपा माओवादी जिल्ला सचिवालय सदस्य मुक्ति अर्याल, नेकपा–माओवादी देवदहका ईञ्चार्ज चिरन पुन, राप्रपा नेपाल देवदहका अध्यक्ष ऋषिराम रेग्मी, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष बमबहादुर गुरुङ्ग, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग लगायतले बोल्दै भाषा, संस्कृति र संस्कार राज्यका सम्पति भएकाले यसको संरक्षण र संम्वद्र्धन गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल मगर महिला संघ देवदह नगर समितिका सचिव दिलमाया सिंजालीको स्वागत र यम रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सांगितिक प्रस्तुतीका साथै मगर समुदायमा योग्दान पु¥याउने विशिष्ट महानुभावहरुलाई सम्मान गरिएको थियो ।
