खोटाङका कान्छा ,राई सानैमा सीडीओ’

Read Time:3 Minute, 13 Second

नवराज कार्की/ओखलढुंगा

कार्यालय प्रमुख हुनलाई पाको उमेर चाहिन्छ भन्ने आम मानसिकता पाइन्छ । तर, जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका जिल्ला निर्वाचन अधिकारी अनिल किरातीको हकमा भने यो मान्यता मेल खाँदैन । ४ वर्षअघि बीएस्सी अध्ययन सकेर शाखा अधिकृत पदमा लोकसेवाको तयारी थालेका किराती २३ वर्षको उमेरमा सफलता हासिल गर्दै ‘जिल्ला निर्वाचन अधिकारी’ बने । अर्थात ओखलढुंगाका कान्छा ‘हाकिम’ हुन अनिल  राई ।  

10247211_10204383963212287_3059588373236238155_n जुम्लास्थित निर्वाचन कार्यालयमा खटिएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराए ।२०४५ सालमा जन्मेका उनी अहिले २६ वर्ष हिँडिरहेका छन् । ९ महिनाअघि ओखलढुंगास्थित निर्वाचन कार्यालयमा सरूवा भएर आएका किराती यहाँका सरकारी कार्यालय प्रमुख मध्येकै कान्छो उमेरका शाखा अधिकृत हुन् । ‘बीएस्सी पढाइ पुरा गरेर प्राइभेट जब गर्दागर्दै लोकसेवा भरेको थिएँ,’ उनले भने, ‘पछि त नाम निस्किएछ, कलिलैमा कार्यालय सम्हाल्ने मौका पाएँ  ।’खोटाङको बुइपा–६ मा जन्मिएका किराती पूर्वका चर्चित साहित्यकार जसराज किराती र अञ्जु राईका कान्छा छोरा हुन् ।

सानै उमेरदेखि नै पढाइमा अब्बल उनले अहिले मास्टर्स पनि सकिसकेका छन् । उनले शाखा अधिकृतको लागि ६ महिना ‘ध्यान दिएर’ लोकसेवा तयारी गरेको बताए ।शाखा अधिकृतमा नाम निस्किएपछि किरातीलाई सुरूको केही समय काम गर्न अफ्ट्यारो पनि लाग्यो । तर संविधानसभा निर्वाचनको अनुभव बटुल्ने जतिबेला उनले मौका पाए, त्यतिबेलादेखि नै उनलाई सहज लाग्न थाल्यो । ‘सानै उमेरमा कार्यालय सम्हाल्नुपर्दा र धेरै कुराहरूमा आफैंले निर्णय लिनुपर्दा गाह्रो महशुस गरेको थिएँ,’ उनले भने, ‘तर, अहिले काम गर्न धेरै सहज हुन थालेको छ ।’

कान्छो उमेरमै कार्यालयको जिम्मेवारी सम्हाल्ने क्रममा  पाका उमेरका कर्मचारीलाई ‘हाकिम’ ठानेर सेवाग्राही झुक्किने गरेका घटनाहरू थुप्रैपटक घटेको किराती बताउँछन् । जुम्लामा रहँदा घुम्ती शिविरमा नागरिकता वितरण टोली प्रमुख भएर गाउँ जाँदा ‘कति साना सीडीओ’ भनेर त्यहाँका जनताले साउती मारेको कुरा जीवनमै अविष्मरणीय रहेको उनी बताउँछन् ।

(साभार:शिखर पोष्ट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %